जनता टाइम्स

१५ मंसिर २०७७, सोमबार १३:४०

दिनदिनै घट्दै सुन, आज तोलाको कति ?


काठमाडौं, मंसिर १५

सिजनमै सुनको मूल्य सस्तिने क्रमले आज पनि निरन्तरता पाएको छ । आज सुन ७ सय रुपैयाँले सस्तो बनेर प्रतितोला ९० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९० हजार ७ सय कायम थियो ।

यस्तै तेजावी सुन पनि प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । सुन सस्तो बन्दा आज चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला ११ सय २० रुपैयाँ कायम छ ।