काठमाडौं, मंसिर १६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको पदीय भागबण्डाको लडाई चर्किदै जाँदा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल आ–आफ्नै रणनीति बनाउन ब्यस्थ देखिनुभएको छ ।
लामो प्रयाशपछि नेकपाभित्र अध्यक्षद्वय ओली र प्रचण्डबीच गम्भीर दरार पैदा गराउन सफल हुनुभएका बरिष्ठ नेता नेपालले आफू निकट नेताहरुसँग पछिल्लो बिवादबाट पार्टी बिभाजन नै भएपनि खासै असर नपर्ने निश्कर्षसहित ‘मिल्न दिने होइन, एउटासँग मिलेर अर्काे पक्षलाई पेल्ने रणनीतिमा जाने’ निश्कर्षसहित अभियान चलाउनु भएको छ । नेपालले महाधिवेशनअगावै जसरी पनि आफू अध्यक्ष हुनुपर्ने वा प्रधानमन्त्री पाउनु पर्ने बटमलाइनसमेत तय गर्नुभएको उहाँ निकट एक नेताले जनताटाइम्सलाई बताए ।
‘महाधिवेशनबाट होइन, महाधिवेशनअगावै अध्यक्ष वा तत्कालै प्रधानमन्त्री चाहिन्छ, बिवाद समाधान गर्ने यो भन्दा अर्काे बिधि छैन, ओली र प्रचण्ड मिलेर अव निकास आउँदैन, दुई अध्यक्ष मिल्ने ढोका सवै बन्द गरिसकिएको छ,’ केही दिनअघि बरिष्ठ नेता नेपालले आफूसँग सुनाएको बटमलाइन उधृत गर्दै नेपाल निकट एक नेताले जनताटाइम्ससँग भने । ती नेताका अनुसार यो दुई कुरा नभए अध्यक्ष प्रचण्डलाई बहुमतको आधारमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीबिरुद्ध निर्णय गराउन लगाउने र पार्टी बिभाजन गर्ने दिशातिर नेपालले पहलकदमी लिनुहुनेछ । ‘माधव नेपाललाई कुनै न कुनै पद नदिएर अव नेकपाको बिवाद समाधान हुन्न, यो कुरा ओलीले बुझ्नु पर्छ, प्रचण्ड फकाउन तिर लागेर परिणाम आउँदैन,’ उनको भनाई थियो ।
त्यसो त बरिष्ठ नेता नेपालले अहिले ओली र प्रचण्डबीच कुनै सहमति नहोस भनेर अध्यक्ष प्रचण्डलाई नै मानेर जान आफू तयार रहेको, झलनाथ खनाल र बामदेव गौतम पनि सहमत नै रहेको भन्दै बहुमतको आधारमा ओलीबिरुद्ध कठोर कदम चाल्नुपर्ने अडान राख्नुभएको छ । ‘माधव कमरेडले प्रचण्डलाई अध्यक्ष मान्ने र बिचारमा पनि जवजलाई नबोक्ने सहमति गरिसक्नु भएको रहेछ, उहाँले अव ओलीसँग सहमति गर्ने र जवजलाई बोकेर आएको अवसर गुमाउने पक्षमा हुनुहुन्न,’ ती नेताले भने । उनका अनुसार बरिष्ठ नेता नेपालले आफूहरुलाई झुक्याएर ओलीले पार्टी एकता गरेको र अहिलेसम्म दुवै अध्यक्ष असफल भएको तर आफू भने बदला लिन र सफल हुन सकेको निश्कर्ष पनि सुनाउनु भएको थियो ।
‘पार्टी तलमाथि हुँदा ओली र प्रचण्ड नै दोषी हुने, हामीलाई ओलीले झुक्याएर प्रचण्डसँग पार्टी एकता गरेका थिए, अहिले हामी फुटाउन सफल भएका छौं, यी दुईलाई फुटाउँदा नै हामीलाई फाइदा छ, यही मौकामा ओलीसँग बदला लिनुपर्छ,’ नेपालले आफूसँग भेटन आउने सवै निकट सदस्यसँग भन्ने गरेको बटमलाइन सुनाउँदै ती नेताले भने । उनका अनुसार ओलीलाई अध्यक्ष र प्रधानमन्त्री मान्नु भन्दा पार्टी बिभाजन नै उपयुक्त हुने निश्कर्षमा समेत नेता नेपाल पुग्नुभएको छ ।
यही मान्यताका साथ नेपालले दुई अध्यक्षको सहमतिबाट मात्रै पार्टीभित्रको समस्या समाधान नहुने सार्वजनिक अडान राख्दै आउनु भएको छ । यही अडानअनुरुप प्रचण्डको रिमोट कन्ट्रोल आफू हुन सफल भएको निश्कर्ष पनि नेपालले सुनाउनु भएको छ । ‘प्रचण्डलाई अध्यक्ष मानेर जाँदा पनि उनको रिमोट कन्ट्रोल त मै हो, मज्जाले चलाउन सकिन्छ नि,’ नेता नेपालको भनाई उधृत गर्दै भेटमा पुगेका अर्का नेकपाका एक केन्द्रीय सदस्यले भने ।
ती नेताका अनुसार ओली र प्रचण्डलाई भिडाउने आफ्नो योजनाअनुसार नै कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध अबिश्वास प्रस्ताव राख्न लगाएको र तत्कालै फिर्ता लिएर ओली प्रचण्ड भिडाएको भन्दै अव नेकपामा आफू जसरी पनि पार्टी कब्जा गर्ने अभियानमा सफल हुने निश्कर्ष पनि बरिष्ठ नेता नेपालले सुनाउनु भएको छ ।
ती नेताका अनुसार ओली र प्रचण्डलाई भिडाउने आफ्नो योजनाअनुसार नै कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध अबिश्वास प्रस्ताव राख्न लगाएको र तत्कालै फिर्ता लिएर ओली-प्रचण्ड भिडाएको भन्दै अव नेकपामा आफू जसरी पनि पार्टी कब्जा गर्ने अभियानमा सफल हुने निश्कर्ष पनि बरिष्ठ नेता नेपालले सुनाउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्