जनता टाइम्स

१६ मंसिर २०७७, मंगलवार १४:२५

बालुवाटारमा देखिएको त्यो सरप्राइज


काठमाडौं, मंसिर १६

नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलको आज जन्मदिन । जन्मदिनकै अवसर पारेर नेकपाको निक्कै महत्वपूर्ण मानिएको सचिवालय बैठकपनि परेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु हुनै लाग्दा महासचिवको अगाडी केक आइपुग्छ ।

सबैले जन्मदिनको शुभकामना दिएपछि महासचिवले केक काटेर जन्म दिन मनाउनु भयो । सो क्रममा उहालाई प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष बामदेव गौतम, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलले केक खुवाउदै शुभकामना दिनुभयो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार सो क्रममा उपाध्यक्ष गौतमले पौडेललाई १०० बर्ष बाँच्नुहोस् र राम्रो काम गरेर जानुहोला भन्दै शब्दमा शुभकामना दिनुभएको जानकारी दिनुभयो ।