जनता टाइम्स

१७ मंसिर २०७७, बुधबार १३:०९

निलम्बनमा परे दुई एसपी, यस्तो छ कारण


काठमाडौं, मंसिर १७

प्रदेश ट्राफिक प्रहरी कार्यालय, कर्णालीमा रहँदा अनियमितता गरेको अभियोगमा गृह मन्त्रालयले दुई जना प्रहरी उपरीक्षक (एसपी) लाई निलम्बन गरेको छ । प्रहरीबाट पैसा उठाएको आरोपमा नेपाल प्रहरीका दुई एसपी निलम्बनमा परेका हुन् । विमल बस्नेत र रामेश्वर यादबलाई गृह मन्त्रालयले निलम्बन गरेको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतको प्रमुखका रुपमा कार्यरत रहँदा उनीहरुले अनियमितता गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयले गरेको छानबिनमा अनियमितता पुष्टि भएपछि उनीहरुलाई कारबाही सिफारिस भएको थियो । सिफारिसअनुसार गृहले निलम्बन गरेर विभागीय कारबाही पक्रिया अघि बढाएको स्रोतले बताएको छ । बस्नेत महानगरीय प्रहरी कार्यालय तथा यादब महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत थिए ।