जनता टाइम्स

१८ मंसिर २०७७, बिहीबार २०:३२

सचिवालयकै सदस्य प्रचण्डको सुराकी बनेपछि…


काठमाडौं, मंसिर १८ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुग्नुभएको छ । अध्यक्ष प्रचण्ड आज साँझ शीतलनिवास पुग्नुभएको हो ।

पार्टीभित्रको बिवाद बढदै जाँदा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति ओलीसँग दुई घण्टा छलफल गरेको जानकारी पाएलगत्तै अध्यक्ष प्रचण्ड पनि राष्ट्रपतिसँग छलफल गर्न शीतलनिवास पुगेको जानकारी प्रचण्डको सचिवालयले मिडियालाई गराएको छ । अध्यक्ष प्रचण्ड गोप्य रुपमा राष्ट्रपति भेटन जानुभएपनि सचिवालयका सदस्यहरुले यस बिषयलाई मिडियालाई जानकारी दिएको हो ।

स्रोतका अनुसार पछिल्लो समय बरिष्ठ नेता माधवकुमार नेपालले प्रचण्ड कहाँ जान्छन, के गर्छन भन्ने सूचना दिन सचिवालयकै एक सदस्यलाई प्रलोभनमा पारेर जानकारी लिने गर्नुभएको छ । अध्यक्ष प्रचण्ड शीतलनिवाश जानुभएको सूचना पनि त्यही सुराकीले बाहिर ल्याएको हो ।

नेकपाको एकतामा अत्यन्तै महत्वपुर्ण भूमिका निर्वाह गर्नुभएको कारण अप्ठ्यारो पर्दा दुवै अध्यक्ष परामर्श र सुझाव लिन शीतलनिवाश पुग्ने गर्नुभएको छ । बिगतको यही अनुभवका आधारमा अध्यक्ष प्रचण्ड परामर्शका लागि शीतलनिवाश जानुभएको स्रोतको भनाई छ । पार्टी एकता गर्दाको सहमति भत्काएर महाधिवेशनमा जानुअघि नै नेकपाको नेतृत्व ‘कू’ गर्ने अभियानमा लाग्नुभएका बरिष्ठ नेता माधवकुमार नेपाललाई साथ लिएर जाँदा बिभाजनमै पुगेको अवस्थामा अध्यक्ष प्रचण्ड शीतलनिवास पुग्नुलाई अर्थपुर्ण रुपमा लिइएको छ ।

प्रचण्ड शीतलनिवास गएपनि नेपाल समुह भने ‘पार्टी बिभाजन गर्ने कुरा लगभग टुंगियो, संगठन कब्जाको रणनीतिसहित काम थाल्नू’ भन्ने निर्देशन आफू निकट नेतालाई पठाइसकेको कारण नरोकिने’ बुझाइमा रहेको छ । राष्ट्रपति भण्डारीसँग आजै अपराह्न ओलीले पनि राष्ट्रपति भेट गर्नुभएको थियो । यता अध्यक्षद्वय ओली र प्रचण्ड समय मागेर शीतलनिवास जानुभए पनि माधव नेपाल समुह भने यसैलाई आधार बनाएर कतै पार्टी बिभाजन हुनबाट त रोकिदैन भन्दै राष्ट्रपतिबिरुद्ध सामाजिक सञ्जालमा लेख्ने साइवर सेना खटाएको बताइएको छ ।

नेकपाभित्र देखिएको पछिल्लो बिवाद माहाधिवेशनबाट नभई आफू अनुकुलको कमिटीबाट हुनै पर्ने र अध्यक्षबाट ओलीलाई हटाएर आफू हुनैपर्ने माधव नेपालको बिधि र पद्धतीलाई अध्यक्ष प्रचण्डले नतोडे बिभाजन निश्चित जस्तै बनेको आम नेता कार्यकर्ताको बुझाइ छ । पाँच पटक चुनाव जित्दा पनि बिरोध खतिवडा जस्ता इमान्दारलाई मन्त्री हुनै नदिने माधव नेपालको बिधि र पद्धतीको शिकार प्रचण्डसहित सिंगो नेकपा हुने हो कि जोगिने हो ? यो बिषय भने अध्यक्ष प्रचण्डकै हातमा रहेको पनि नेकपाका आम नेता कार्यकर्ताको ठम्याइ छ ।