जनता टाइम्स

१९ मंसिर २०७७, शुक्रबार १२:१७

फेरी बढ्यो सुनको भाउ, आजको मूल्य कति ?


काठमाडौं, मंसिर १९

सुनचाँदीको भाउ पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबारका लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार ९ सय कायम गरेको छ । हिजो बिहीबारको तुलनामा तोलामा ३ सयले बढेको हो । बिहीबार तोलाको ९२ हजार ६ सयमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुनको मुल्य पनि तोलामा ३ सय रुपैयाँले बढेर ९२ हजार ४५० कायम भएको छ । हिजो तोलाको ९२ हजार १५० कायम गरिएको थियो । यसैगरी चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १२ सय १० कायम भएको महासंघले जनाएको छ ।