जनता टाइम्स

१९ मंसिर २०७७, शुक्रबार १३:१३

अब अर्को बैंकको एटिएम प्रयोग गर्दा पैसा लाग्ने


काठमाडौं, मंसिर १९

नेपाल सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेसँगै बैंकहरुले अर्को बैंकको एटिएमबाट पैसा झिक्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरेको थियो । नगद झिक्नका लागि अन्तर बैंक एटिएम कार्ड प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था अब आजबाट खारेज भएको छ । एक बैंकको एटीमएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा अब शुल्क लाग्ने भएको राष्ट्र बैंकले जनाएको छ ।

बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै अब अन्य बैंकको एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था खारेज गरी रकम तिर्नुपर्ने बताएको हो । यसअघि राष्ट्र बैंकले कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो । उक्त निर्देशन खारेज गर्दै बैंकहरुलाई साविककै व्यवस्था अनुसार शुल्क लिन भनेको छ ।