जनता टाइम्स

२० मंसिर २०७७, शनिबार १३:३२

नेकपाको सचिवालय बैठक सुरु, यस्तो छ अध्यक्षद्वय ओली-प्रचण्डको गृहकार्य


काठमाडौं, मंसिर २० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच एक घन्टा लामो बार्ता सकिएसँगै प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक सुरु भएको हो ।

नेकपाभित्रको बिवाद सीमा बाहिर पुगिरहेको बेला आआफ्नो हठ त्यागेर दुई अध्यक्षबीच २६ दिनपछि आज संवादहीनता तोडिदै बार्ता भएपछि केही साझा सहमतिका साथ सचिवालय बैठक सुरु भएको बताइएको छ । नेकपामा दुवै अध्यक्षको प्रतिवेदन फिर्ता लिएर साझा दस्तावेज ल्याई बिवाद समाधानको प्रयाश भइरहेको छ ।

अध्यक्षद्वय ओली र प्रचण्डबीच यही बिषयमा एक्लाएक्लै बार्ता भएको थियो । बैठकमा अध्यक्षद्वय सहित सवै नेताहरु सहभागी हुनुभएको छ ।