जनता टाइम्स

२३ मंसिर २०७७, मंगलवार १३:३४

सिंगापुर पठाइदिन्छु भन्दै ठगी गर्ने युवक पक्राउ


काठमाडौं, मंसिर २३

सिंगापुर पठाइदिन्छु भन्दै ३ लाख ३१ हजार ९ सय रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ सिनामंगल बस्ने सुनसरी धरान उपमहानगरपालिका–४ बुद्धचोक घर भएका जनोज लामिछाने भन्ने २७ वर्षीय विशाल दर्जी छन् । उनले १ जना महिलालाई सिंगापुर पठाइदिन्छु भन्दै ठगी गरी सम्पर्कविहीन भएका थिए ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित एयरपोर्टबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।