जनता टाइम्स

२४ मंसिर २०७७, बुधबार १३:५४

नक्कली सवारी चालक अनुमति पत्रसहित एक जना पक्राउ


काठमाडौं, मंसिर २४

नक्कली सवारी चालक अनुमति पत्र बोकेर सवारी चलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको सादा पोशाकको ट्राफिक प्रहरी टोलीले भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ ठिमीमा सिन्धुपाल्चोक सांगा चोकगडी नगरपालिका–१२ का २८ वर्षीय आशिष गिरीलाई पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरिक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।

चालकले प्रयोग गर्दै आएको बा १५ च ४६८४ नं. को हुण्डाई कम्पनिको कार तथा किर्ते गरी बनाइएका ३८ थान नक्कली सवारी चालक अनुमती पत्र र विभिन्न बैंकका चेकसमेत बरामद गरी थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा पठाइएको छ ।