जनता टाइम्स

२४ मंसिर २०७७, बुधबार १७:०८

९४.३२ प्रतिशत संक्रमितले जिते कोरोना


काठमाडौं, मंसिर २४ । नेपालमा पछिल्लो दिनमा कोरोना संक्रमित निको हुने दर ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसबाट निको हुने दर बुधवारसम्म ९४.३२ प्रतिशत पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ४ सय ८३ जना कोरोना संक्रमित निको भएका छन । योसँगै नेपालमा २ लाख ३० हजार ५ सय ३७ जना संक्रमित निको भइसकेका छन । यस्तै, पछिल्लो २४ घण्टामा एक हजार ५६ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ४४ हजार ४३३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हाल मुलुकभर १२ हजार २ सय ४५ जना कोरोना भाइरसको संक्रमित रहेका छन । जसमध्ये ५ सय २५ जना क्वारेन्टिनमा रहेका छन । यस्तै मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १४ जना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो तथ्यांकसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ६ सय ५१ जना पुगेको छ ।