जनता टाइम्स

१३ पुष २०७७, सोमबार १४:०४

प्रभु साहले भन्नुभयो , ‘प्रचण्डले माधव नेपाललाई अध्यक्ष बनाएर भुल गरे, त्यसैले ओली पक्षमा लागेँ’



काठमाडौं, पुस १३ । नेकपा (प्रचण्ड–नेपाल) समूहमै थिए प्रभु साह । यो समूहमा पनि दुई अध्यक्ष बनाउने निर्णय भएपछि एकाएक साह रिसाउनुभयो । उहाँ रिसाउनुका कारण थिए– फेरि दुई अध्यक्ष । विगतमा नेकपामा दुई अध्यक्ष भएकै कारण पार्टी फुटको दिशामा गएको निष्कर्षका साथ उनले दुई अध्यक्ष बनाउन नहुने र त्यसमा पनि माधवकुमार नेपाललाई अध्यक्ष बनाउन नहुने पक्षमा साह रहनु भएको थियो । विगत केही समयदेखि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसित टाढिँदै गएका साह पछिल्लो समय प्रचण्ड–नेपाल समूहमै रहनु भएको थियो । तर, जब नेपाललाई अध्यक्ष बनाउने निधोमा पुगे, साहको असन्तुष्टि बढ्यो ।

उहा रिसाउनुभयो । दुई अध्यक्षबाट पार्टीमा स्थायित्व नहुने भन्दै उहाले क्याम्प नै परिवर्तन गर्नुभयो । उहाँ एकल अध्यक्षको नेतृत्वमा पुगे अर्थात केपी शर्मा ओली नेतृत्वको नेकपामा उहा लाग्नुभयो । मन्त्रीको जिम्मेवारी पाएपछि उनले नेकपा प्रदेश २ अध्यक्षको तर्फबाट विज्ञप्ति जारी गर्दै माधव नेपालप्रति गम्भीर आरोप समेत लगाउनु भएको छ । ‘दुई अध्यक्षबीचको टकराव एवं नेताहरुको भागवण्डाको भझगढाले नै पार्टीको एकता प्रक्रिया पूरा नहुँदै क्षतविक्षत भई जनताको स्थितरताको चाहना र समृद्धिको सपनामाथि ठूलो घात हुनपुग्यो’ उहाले विज्ञप्तिमा भन्नु भएको छ , ‘गतल र सही पक्षहरुको गम्भीर समीक्षा गरी सही बाटोमा अगाडि बढ्नुको सट्टा क. प्रचण्डबाट पुरानै गल्तीको पुनरावृत्ति गरियो ।’ महाधिवेसनबाट पराजित माधव नेपाललाई पार्टी नेतृत्वको जिम्मा दिने निर्णयप्रति उहाको आक्रोस छ ।

नेता नेपाललाई अध्यक्ष बनाउने निर्णय गलत भएको आफूहरुको सझावलाई बेवास्ता गरेपछि आफूहरु नयाँ ढंगले अघि बढ्ने निर्णयमा पुगेको उहाँले बताउनुभयो । उहाँ विज्ञप्तिमा भनेका छन्, ‘प्राप्त उपलव्धीहरुको रक्षा र विकास गर्न, मुलुकमा स्थायित्व, सुशासन, विकास र समृद्धिको जनआकांक्षा पूरा गर्न, नेपालीहरु बीचको एकतालाई थप सुदृढ गर्दै देशभक्तिलाई नयाँ उचाईमा पुर्याउन म सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र पार्टीमा सक्रियतापूर्वक सहभागी भएको हुँ ।’