काठमाडौं, पुष १३
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले संसद पुनःस्थापना भन्दै गरिरहेको आन्दोलनबाट थाकेका छन् । उनले अब चुनावमा जाने घोषणा समेत गर्नुभएको छ ।
सोमबार जनसंस्कृतिक महासंघले पेरिसडाडामा आयोजना गरेको कार्यक्रममा उहाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद समेत दिनु भएको छ । ओलीले जनताको बीचमा जाने मुद्दा दिएको भन्दै उहाले धन्यवाद दिनु भएको हो । हिजोसम्म जसरी पनि संसद पुनःस्थापना हुनुपर्ने भन्दै माइतिघरमा सर्वोच्च अदालतलाई धम्क्याउदै हामी यहा छौं भनेर ब्यानर बोक्नु भएका प्रचण्ड आज भने चुनावमा जाने मुद्दा पाएको बताउनु भएको हो ।
‘मैले आज एक अन्तर्वार्तामा भनेको छु, केपीजी तपाईँलाई धन्यवाद ! तपाईँले हामीलाई जनतामा जाने मुद्दा दिनुभयो र नारा दिनुभयो’, प्रचण्डको भनाई थियो । गणतन्त्र, संघीयता, लोकतन्त्र र जनतापक्षमा लड्ने मुद्दा दिएको पनि प्रचण्डले उक्त कार्यक्रममा बताउनु भयो । यससँगै उहाले अर्कोपटक हुने चुनावमा जित्ने दाबी समेत गर्नुभयो ।
फरक प्रसङ्गमा उहाले दुई÷चार महिनापछि रामबहादुर थापा ‘बादल’ आफ्नो समूहमा आउने दाबी समेत गर्नुभयो । ‘दुई–चार महिनामा उहाँ आउनुहुन्छ, आएपछि हामी क्षमा दिन्छौँ’, प्रचण्डले भन्नुभयो, ‘क्षमा दिन हामी सिपालु छौँ ।’














प्रतिक्रिया दिनुहोस्