काठमाडौं, पुष १५
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को असन्तुष्ट ‘प्रचण्ड–माधव’ समूहले आफ्नो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा रोजेको छ । एकीकृत हुँदा नेकपाको धुम्बाराही पार्टी कार्यालय रहेपनि प्रचण्ड–नेपाल समुहले सो कार्यालय छाडेको हो ।
सरकारविरुद्ध मंगलबार भएको प्रर्दशनमा योगेश भट्टराईले पनि भोली (बुधबार) पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन हुने जानकारी गराउनु भएको थियो । पेरिसडाँडा पूर्व माओवादीको पार्टी कार्यालय भएपनि नेकपा बनेपछि त्यहा जनवर्गिय संगठनको कार्यालय तोकिएको थियो ।
उक्त समूहले पूर्वमाओवादी पार्टी कार्यालय पेरिसडाँडाबाट समूहको गतिविधिहरू सञ्चालन गर्न शुरु गरिसकेको छ । पार्टी औपचारिक रुपमा विभाजन नहुँदै उक्त समूहको सचिवालय र स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दै छ ।
यसअघि सो समुहले बबरमहलस्थित कार्की पार्टी प्यालेसमा स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएको थियो । कानुनी रूपमा विभाजन भइनसकेकोले पार्टीको चल–अचल सम्पति बाँडफाँट भएको छैन ।













प्रतिक्रिया दिनुहोस्