जनता टाइम्स

१७ पुष २०७७, शुक्रबार २१:२४

प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव : साढे ३ बजे नै दर्ता भएको सभामुखद्वारा स्विकार


काठमाडौं, पुष १७

सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव साढे तीन बजे नै दर्ता भएको स्विकार गर्नुभएको छ । प्रचण्ड–नेपाल समुहले १० बजेर ५० मिनेटमा प्रस्ताव दर्ता भएको भन्दै संसद सचिवालयको हस्ताक्षर र दर्ता समय सार्वजनिक गरेका थिए ।

सभामुख सापकोटाले १२ दिनपछि आएर समयका विषयमा संसद् सचिवालयका प्रवक्ताले प्रेस विज्ञप्ती जारी गरेर स्पष्ट पारिसकेको बताउनु भएको हो । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले समयका विषयमा सभामुखले सचिवालयलाई कुनै दवाव नदिएको घुमाउरो भाषामा भन्नु भएको छ ।

‘सभामुखलाई सम्बोधन गरी सचिवालयमा दर्ताका लागि ल्याइएको अविश्वासको प्रस्तावमा सभामुखले दर्ताका लागि लिखित निर्देशन दिनुभएको हो’, विज्ञप्तीमा भनिएको छ, ‘तत्पश्चातका प्रशासनिक प्रक्रियालाई समेत जोड्दै उहाँलाई विवादमा ल्याउनु वाञ्छनीय छैन ।’

उहाले अविश्वासको प्रस्ताव दर्ता समयका सम्बन्धमा संसद् सचिवालयका प्रवक्ताद्वारा यही पुस ८ गते प्रेस विज्ञप्तिमार्फत स्पष्ट गरिसकिएको समेत प्रेस नोटमा स्मरण गराइएको छ ।