चितवन, पुष २०
पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनमा नेपाल कम्युनिष्ट पार्टी चितवन (ओली समूह)ले कार्यकर्ता भेला कार्यक्रम गरेको छ ।

भरतपुर–१२ स्थित स्मार्ट पार्टी प्यालेसमा आयोजित भेलालाई नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, केन्द्रीय सदस्य तथा बागमती प्रदेश सह ईञ्चार्ज काशीनाथ अधिकारी, बागमती प्रदेश सचिव आनन्द पोखरेल लगायतका नेताहरुले सम्बोधन गरिरहनु भएको छ ।

चितवनको सबैभन्दा ठूलो हल खोजेर आयोजना गरिएको कार्यक्रममा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको छ । कार्यकर्ताहरु हलमा नअटेपछि प्यालेस बाहिर बसेर भाषण सुनेका छन ।












प्रतिक्रिया दिनुहोस्