जनता टाइम्स

२४ पुष २०७७, शुक्रबार १५:५४

प्रधानमन्त्री ओलीको प्रचण्ड–माधव पक्षलाई चुनौति : देशभरमा १० सिट ल्याएर देखाउनुस्


काठमाडौं, पुस २४

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपालाई आउने चुनावमा देशभरिबाट १० सिट जितेर देखाउन चुनौति दिनुभएको छ ।सुदूरपश्चिमको राजधानी धनगढीमा आयोजित नेकपाको प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्दै ओलीले उहाँले चुनौति दिनुभएको हो ।

उहाँले भन्नुभयो,‘चुनाव लड्न किन डराउँदै हुनुहुन्छ । दुई अंकमा जितेर देखाउनुस । देशभरमा १० सिट ल्याएइर देखाउनुस । म चुनौति दिन्छु ।’ ओलीले ३ करोड जनता भएको ठाउँमा २ सय ६५ जना पार्टी छाडेर हिड्दैमा कुनै असर नपर्ने टिप्पणी गर्नुभयो । उहाँले पार्टी छाडेर जाने भगौडाहरुलाई जनताले सजाय दिने पनि सुनाउनुभयो ।

उहाँले थप्नुभयो,‘छोरी–वुहारी, भाइ–भतिजा नाता/परिवार र पैसा बाहेक उनीहरुको ध्यान अन्यत्र छैन । काम लाग्छ कि भनेर मैले प्रचण्डलाई पनि पार्टीमा ल्याएको थिएँ । तर आफ्नो पारा देखाइहाले । कार्यक्रममा धनगढीमा ५० लाख बढी जनसहभागिताको उपस्थिति रहेको बताइएको छ ।