जनता टाइम्स

२४ पुष २०७७, शुक्रबार १६:०५

नेपाली भूभाग समेटेर मुलुकको नक्सा छापेपछि मविरुद्ध षड्यन्त्र शुरु : प्रधानमन्त्री ओली


आज सुदूरपश्चिमले चार जना मन्त्री पाएको छ, सम्भवतः यो आजसम्मकै पहिलो रेकर्ड होला !

काठमाडौं, पुस २४

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूभाग समेटेर मुलुकको नक्सा छापेपछि प्रचण्ड माधव नेपाललगायत भीम रावलसम्मले आफूविरुद्ध षड्यन्त्र शुरु गरेको बताउनुभएको छ । धनगढीमा शुक्रवार आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, नेपालको भूभाग समेटेर जुन दिन हामीले नक्सा छाप्यौं, संविधान संशोधन गर्‍यौं त्यहि दिनदेखि यिनीहरुको टाउको दुख्यो ।

यहि प्रदेशको एउटा मान्छेको (भीम रावल) टाउको दुख्यो । नक्कली राष्ट्रवादी, पदका लागि लड्नेहरु पद पायो भनेमात्र खुसी हुन्छन् भन्ने देखियो । उहाँले रावलको नाम नलिई भन्नुभयो,‘अछामको एउटा केटो बाटो हिड्दा हिड्दै पुलिसले समातेर जेलमा ल्याएपछि आफूले जेलमा राजनीति सिकाएको हुँ ।’

पद नपाएपछि रावल आफ्नो विपक्षमा मनपरी बोल्दै हिडेको उहाँको भनाइ छ । ओलीले थप्नुभयो, ‘मैले मन्त्री बनाएको बेला त केपी ओली ठिक थियो । तर पछिल्लो पटक एउटै प्रदेशबाट सधैं एउटैलाई मात्र नबनाउने भनेँ । मैले मन्त्री बनाउन नमानेपछि उहाँलाई पिर पर्‍यो । आज सुदूरपश्चिमले चार जना मन्त्री पाएको छ, सम्भवतः यो आजसम्मकै पहिलो रेकर्ड होला ।’