जनता टाइम्स

२५ पुष २०७७, शनिबार १३:३५

प्रदेश–१ मा प्रचण्ड–माधवलाई अर्काे झट्का : अबिश्वास प्रस्तावमा हस्ताक्षर गरेकी अर्का सांसद ओली पक्षमै फर्किइन


विराटनगर, पुष २५

प्रदेश–१ सभाकी सांसद प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा खुल्नु भएको छ । पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षमा रहेर मुख्यमन्त्री शेरधन राईविरुद्ध हस्ताक्षर गर्नुभएकी सांसद बसन्तीदेवी यादव ओली पक्षमा खुल्नु भएको हो ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नुभएकी मोरङकी सांसद यादव शनिबारदेखि ओली समूहमा खुल्नु भएको छ । परराष्ट्र मन्त्रीसमेत रहेका ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीको विराटनगर कार्यक्रममा उहा सहभागी हुनु भएको छ । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका भनिएका मध्ये कला घले र यादव ओली समूहमा लागि सक्नु भएको छ ।