जनता टाइम्स

२६ पुष २०७७, आईतवार २०:५२

प्रधानमन्त्री ओलीको पक्षमा उर्लियो दैलेख (फोटोफिचरसहित)


दैलेख पुस २६

नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली पक्षका नेता केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका सह संयोजक यामलाल कँडेलले प्रचण्ड र माधव नेपालको व्यक्तिगत स्वार्थ र पद लोलुपताका कारण नेकपा सँगै लोकतन्त्र र सघीयता धरापमा परेको बताउनु भएको छ । प्रचण्डको दिमागमा जति वेलापनि संख्याको जोड घटाऊको कुरा आयो त्यसदिनदेखि नेकपामा संकट उत्पन्न भएको बताउनु भएको हो ।

दैलेखमा आयोजित सभालाई सम्बोधन गर्दै उहाले आफ्नो जीवनकालमा जोडिएका सबै नेतालाई विभिन्न बहानामा कारबाही गर्ने लामो अनुभव भएका प्रचण्डले संख्याको खेल सुरु गरेर नेकपालाई संकट पार्ने काम गरेको उल्लेख गर्नुभयो । उनीहरूकै कारण नेकपा मात्र हैन अहिले लोकतन्त्र र संघीयता संकटमा पर्ने अवस्था आएको छ तर हामी तीन वटै कुरा हुन नदिने स्पष्ट पार्नुभयो ।

महाधिवेशन सम्म नकुरी तत्कालै कुर्सी र अध्यक्ष चाहिने, सरकारलाई काम गर्न नदिने, विदेशीको चलखेलमा चोर बाटोबाट प्रधानमन्त्री हटाउन खोज्ने पक्षमा सो खेमा लागेको उहाले बताउनु भयो । एउटै जिल्लामा प्रचण्ड–नेपाल पक्ष हलमा सिमित भएपनि आफुहरु हजारौंको समर्थनमा खुल्ला स्थानमा सभामा रहेको भन्दै यसबाट प्रष्ट हुन्छ कसको अवस्था के छ भनेर उहाले भन्नुभयो ।


नेकपाका केन्द्रीय सदस्य एवं प्रदेश सांसद धर्मराज रेग्मीले अहिले पार्टीमा केपी ओलीका कारण नभई शीर्ष नेताहरू ९ जना मध्येका केहीलाई पदको लोभ पलाएपछि समस्या आएको बताउनु भयो । सभालाई नेकपाका केन्द्रिय सदस्य एवं दैलेखका पार्टी अध्यक्ष रबिन्द्रराज शर्मा, इन्चार्ज लक्ष्मी पोखरेल लगायतका नेताहरुले सम्बोधन गर्दै निर्वाचनमा जुट्न आग्रह गर्नुभयो ।