जनता टाइम्स

२६ पुष २०७७, आईतवार २२:३६

जसपाका केन्द्रीय सदस्य हाकिम राईन नेकपामा प्रवेश


काठमाडौं, पुष २६

जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य हाकिम राईन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नुभएको छ । धनुषामा प्रभावशाली मुस्लिम नेता राईन आइतबार नेकपामा प्रवेश गर्नुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट खादा लगाएर नेकपामा उहा नेकपामा प्रवेश गर्नुभयो । राष्ट्रिय हितमा काम गर्ने नेताका रुपमा प्रधानमन्त्री ओलीलाई पाएका कारण नेकपा प्रवेश गरेको उहाले बताउनु भयो । जसपा निर्माण हुनुअघि उहाँ तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय सदस्य रहनु भएको थियो ।