जनता टाइम्स

२८ पुष २०७७, मंगलवार १६:३९

भिम रावलको गृहजिल्ला अछाममा ओलीको पक्षमा जनलहर


अछाम, पुष २८

भिम रावलको गृहजिल्ला अछाम । प्रधानमन्त्री केपी शर्मा ओलीका कट्टर विरोधी रावलले उनको पक्षमा जनता नरहेको पटक पटक दावी गर्दै आउनु भएको छ । तर, मंगलबार उहाकै गृहजिल्लामा उहाले आयोजना गर्ने भन्दा ठुलो जनलहर ओलीको पक्षमा उर्लिएको छ ।

मङलसेनमा निस्किएको बिशाल जूलूसमा ‘आजलाई होइन भोलीलाई दश वर्ष ओलीलाई’ बाटो बनाउने ओली, विकास निर्माण गर्ने ओली, लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रै हो जस्ता नारा लगाएका थिए । जुलुसको नेतृत्व नेता कर्ण थापा, यज्ञ बोगटी लगायतका नेताहरु सहभागी हुनु भएको थियो ।