जनता टाइम्स

३ माघ २०७७, शनिबार ११:२३

अव जोगिन नसक्ने भए भ्रष्टाचारी : अकुत सम्पत्ति छाननिवमा परे यी २२० नेता र ब्यापारी


काठमाडौं, माघ २

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अकुत सम्पत्ति कमाएको देखिएका विभिन्न राजनीतिज्ञदेखी पूर्वप्रशासकसम्मको सम्पत्ति छानविन गरिरहेको छ । शता, पूर्वप्रशासक, व्यवसायीसहित २ सय २० जनाको सम्पत्ति छानबिन गरिरहेको हो ।

विभागले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, पूर्वआयुक्त राजनारायण पाठकलाई घुस दिने नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेलगायत छन् । उनीहरूले कमाएको अकुत सम्पत्तिको अनुसन्धान गरी केहीलाई मुद्दा दायर गर्ने तयारी रहेको विभागले जनाएको छ ।

१ हजार ३ सय उजुरीको प्रारम्भिक जाँचबुझ भइरहेको विभागका सूचना अधिकृत सुशीलप्रसाद आचार्यले जानकारी दिनुभयो । स्थापनाको पाँच वर्षमा विभागले ६६ वटा मुद्दा विशेष अदालतमा दायर गरेको छ । ६ अर्ब ८ करोड ५६ हजार २ सय ७९ बिगो कायम गरेर मुद्दा दायर गरेको पाइएको छ । चालु वर्षको पहिलो ६ महिनामा पाँचवटा मुद्दा विशेष अदालतमा दायर गरिएको छ । ती मुद्दामा २३ करोड ७० लाख ५२ हजार ६८२ बिगो माग दाबी गरिएको छ ।

सर्वोच्च अदालतबाट १० वटा मुद्दाको फैसला भएको विभागले जनाएको छ । जसमा ९ वटा मुद्दा विभागको पक्षमा फैसला भएको छ । आतंककारी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी कसुरका २ वटा मुद्दामध्ये एउटामा सर्वोच्चबाट ठहर भइसकेको विभागले जनाएको छ । शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी कसुरको अनुसन्धान गरी अभियोजन गर्ने विभागको मुख्य काम हो । अर्थ मन्त्रालयअन्तर्गतको विभाग प्रधानमन्त्री मातहत गएपछि यसले निक्कै तिव्रताका साथ आफ्नो काम गरिरहेको छ ।