जनता टाइम्स

४ माघ २०७७, आईतवार १९:४१

योगेश भट्टराईले बोले सफेद झुट


रामेछाप, माघ ४

नेकपा प्रचण्ड–नेपाल समुहका नेता योगेश भट्टराईले रामेछाप पुगेर सार्वजनिक कार्यक्रममा सफेद झुट बोल्नु भएको छ । ‘म प्रधानमन्त्री केपी ओलीभन्दा बढी भोट ल्याएर जितेको सांसद हुँ, उहाँसँगै लामो समयदेखि एकै कमिटीमा रहेर काम गर्दै आएको छु’, भट्टराईले आक्रोश पोख्दै भन्नुभयो, ‘मलाई केटो भनेर जिस्क्याउने ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले विगतको प्रतिनिधिसभा निर्वाचनमा भट्टराईको गृहजिल्ला ताप्लेजुङ पुगेर मत माग्नु भएको थियो । तत्कालिन नेकपा एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जाने बताएपनि अन्तिममा प्रचण्डले आफु नजाने बताएका थिए । तर, प्रधानमन्त्री ओली भने भट्टराईलाई मत माग्न पुग्नु भएको थियो । सोही विषयलाई उल्लेख गरेर प्रधानमन्त्री ओलीले केटो भनेर सम्बोधन गर्नुभएको थियो ।

केटो भनेकोमा रिसले चुर हुनु भएका नेता भट्टराईले सोही रिसमा गलत बोल्नु भएको हो । नेता भट्टराई सबैभन्दा बढि भोट ल्याएर निर्वाचित हुने नेता होइन । निर्वाचन आयोगका आधिकारिक तथ्यांक अनुसार प्रधानमन्त्री ओली सबैभन्दा बढि र सबैभन्दा फराकिलो अन्तरले जित निकाल्ने नेता रहेको जनाएको छ ।

झापा क्षेत्र नम्बर ५ मा ओलीले ५७ हजार १ सय ३९ मत ल्याउनु भएको थियो । जबकी ताप्लेजुङबाट नेता भट्टराईले २९ हजार ४ सय ७९ मत मात्रै ल्याउनु भएको थियो । अझ रोचक कुरा त के छ भने ओलीले आफ्ना प्रतिद्धन्दीलाई भट्टराईले ल्याएको मत भन्दा १ हजार ६ सय ३७ कम मतान्तरले पराजित गर्नुभएको थियो । ओलीका प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत पाउनु भएको थियो । यसरी नेता भट्टराईले दिउसै रामेछाप पुगेर ओलीले भन्दा आफुले बढि मत ल्याएको झुट बोल्नु भएको हो ।