काठमाडौं, माघ ५
गतवर्ष बसेको तत्कालिन संघीय समाजवादी पार्टीको पहिलो संघीय परिषद् बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा नेपाली कांग्रेसलाई नालायक भनि टिप्पणी गर्नुभएको थियो । १७ बुँदामा समेटिएको २५ पृष्ठ लामो प्रतिवेदनमा उहाले कांग्रेसलाई आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारतले थिचिएको उल्लेख गर्नुभएको थियो । अझ अचम्मको कुरा त के छ भने प्रतिनिधिसभाको निर्वाचनमा गोरखाबाट डा. भट्टराई त्यही कांग्रेसको मतबाट विजयी हुनु भएको थियो ।
‘कांग्रेसको शासनकालमा लाउडा, धमिजा, सुडानजस्ता ठूल्ठूला भ्रष्टाचार काण्डहरु भए । तर कहिल्लै विश्वासनीय छानबीन भएन । सुशासनको सवालमा यो पार्टीको प्रतिवद्वता व्यवहारमा देखिएन । आज कांग्रेस आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीकोभारले थिचिएको छ’, भट्टराईले प्रतिवेदनमा भन्नुभएको थियो ।
तर, समय फेरी परिवर्तन भएको छ । आज तिनै भट्टराई फेरी कांग्रेसले आन्दोलनको नेतृत्व गरिदिनुपर्यो भन्दै शरणमा पुग्नु भएको छ । अहिले डा. भट्टराई जनता समाजवादी पार्टीको अध्यक्ष हुनुहुन्छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा उहाले अब सरकारविरुद्धको आन्दोलनको नेतृत्व कांग्रेसले लिनुपर्ने समय आएको बताउनु भयो ।
आफु समेत सहभागी दलप्रति जनताले विश्वास नदेखाएपछि उहा कांग्रेसलाई नै गुहार्दै पुग्नु भएको हो । यद्यपी कांग्रेसले अदालतले निर्णय गर्ने भन्दै आफुहरु कसैलाई पनि साथ नलिई एक्लै आन्दोलनमा जाने बताउदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्