जनता टाइम्स

५ माघ २०७७, सोमबार १८:१३

सावधान ! नेपालमा भित्रियो कोरोनाको नयाँ प्रजातिको भाइरस, स्वास्थ्य मन्त्रालयले गरायो सचेत


काठमाडौं, माघ ५ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रजाति भित्रिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट पुस पहिलो साता आएका तीन जनामा कोरोना भाइरसको नयाँ प्रजाति देखिएको पुष्टि गरेको हो ।

स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमले हङङकको प्रयोगशालाले सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई पठाएको रिपोर्टमा बेलायतबाट आएका तीन जनालाई नयाँ प्रजातिको भाइरस देखिएको पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार बेलायतबाट फर्किएका मध्ये तीन जनामा कोभिड–१९ को नयाँ प्रकार देखिएको हो । बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण परीक्षण गर्दा ३ जनामा नयाँ भाइरस देखिएको आशंकामा पुस २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशालामा नमूना पठाइएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार २८ वर्षीया महिला तथा ६७ वर्षीय र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको भाइरस संक्रमण देखिएको हो । उक्त भाइरस बेलायतमा देखिएको नयाँ भाइरस भएको पुष्टि भएको थियो । मन्त्रालयका अनुसार तीनजनामध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष हाल आरटी पीसीआर नेगेटिभ भइसकेको र ६७ वर्षीय पुरुषमा पोजेटिभ देखिए पनि लक्षण भने देखिएको छैन ।