जनता टाइम्स

७ माघ २०७७, बुधबार ११:४५

माधव नेपाल आफैले गरे खुलासा : ललितानिवासको छानविन मलाई जेल पुर्याउने योजनाबाटै गरिएको थियो


काठमाडौं, माघ ७

नेकपाका एक समुहका अध्यक्ष माधवकुमार नेपालले ललिता निवासमा आफुलाई जेल हाल्ने प्रयास भईरहेको बताउनु भएको छ । उहाले छानबीन गरेर त्यसबाट मलाई जेलमा हाल्ने षडयन्त्र वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेको बताउनु भएको हो । सरकारी जग्गा व्यक्तिको नाममा पास गराउन उहाको मन्त्रिपरिषद्ले अन्यलाई थाहा नै नदिई निर्णय गरेको अनुसन्धानबाट खुलिसकेको छ ।

आफ्नो आन्दोलन र त्यसमा यसरी सहयोग गरिदिन आग्रह गर्दै राजधानीमा केही सम्पादकहरुसँगको अन्तरक्रियामा उहाले आफु जेल जानुपर्ने भन्दै दुखेसो पोख्नु भएको थियो । ‘ओलीले पहिलो नम्बरमा मलाई जेल कोच्ने र त्यसपछि प्रचण्डलाई जेल कोच्ने योजना बनाएको थिए’, उहाले भन्नुभयो, ‘ललिता निवास प्रकरण त्यहीँको योजनाबाट थियो ।

उहाले अन्तरक्रियामा स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनमा पहिलो बनेको दल एमाले ओरालो यात्रातर्फ लागेको दावी गर्नुभयो । उहाले आफुले छाडेपछि २०७१ सालबाट एमालेको ओरालो यात्राको शुरुवात भएको बताउनु भएको हो । उहाले २०७१ सालमा केपी शर्मा ओली अध्यक्ष भएपछि एमालेको ओरालो यात्रा शुरू भएको बताउनु भयो । स्मरण रहोस्, नेपालको नेतृत्वमा एमाले दोस्रो र तेस्रो दल बनेको थियो । ओलीको नेतृत्वमा एमालेले एक्लै स्थानीय तहमा आधा भन्दा निक्कै बढिमा जित निकालेको थियो । साथै प्रतिनिधि सभा निर्वाचनमा पहिलो दल बनेको थियो । ‘हाम्रो त बिजोग भो । ओलीबाट धेरै पीडा पाइयो । मनको बह कसलाई कह भनेर बसेका थियौं’, नेपालले अन्तरक्रियामा भन्नुभयो ।