जनता टाइम्स

७ माघ २०७७, बुधबार १४:२७

संसद विघटन कू भनेर कराउनु निरर्थक : कमल थापा


काठमाडौं, माघ ७

राप्रपा अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटन ‘कू’ हो भनेर कराउनु निरर्थक रहेको बताउनु भएको छ । उहाले अहिलेको अवस्थामा ताजा जनादेशमा जानु नै उपयुक्त हुने दोहोर्‍याउनु भयो ।

विभाजित नेकपाको प्रचण्ड–माधव पक्ष र जसपाको बाबुराम–उपेन्द्र पक्षले मात्र प्रतिनिधिसभा विघटनलाई प्रतिगामी कदम भनेर आरोप लगाइरहेका बेला थापाको यस्तो भनाइ आएको हो ।
सामाजिक सञ्जालमार्फत पछिल्लो विवादबारे टिप्पणी गर्दै थापाले पछिल्लो घटनाक्रमले १४ वर्षको अभ्यास, संविधानभित्रको अन्तरविरोध, भ्रष्टाचार, कुशासनले अहिलेको व्यवस्थाको औचित्यमाथि प्रश्न उठाएको बताउनु भयो ।

‘प्रतिनिधिसभा विघटनवारे विवाद र फरकमत हुनु स्वाभाविक छ,तर विघटनको निर्णयले प्रतिगमन भयो, संवैधानिक कु भयो,सविधानको हत्या भयो भन्ने कोलाहल निरर्थक छ।बरु विगत १४ बर्षको राजनीतिक अभ्यास,संविधानभित्रको अन्तर्विरोध,भ्रष्टाचाररकुशासनले वर्तमान व्यवस्थाको औचित्यमाथि प्रश्नचिन्ह उठेकोछ। यस्तो अवस्थामा ताजा जनादेश उपयुक्त हुन्छ’, उहाले भन्नुभएको छ ।