जनता टाइम्स

९ माघ २०७७, शुक्रबार १३:०२

यसपटक जुलुसमा रेणु दाहालले समाइनन् सुर्य अंकित झण्डा


काठमाडौं, माघ ९

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्रि रेणु दाहालले यस पटक जुलुसमा भने सुर्य अंकित भण्डा समाइनन् । यसअघिको आन्दोलनमा चितवनमा सुर्य अंकित झण्डा बोकेर उभिएको फोटो निक्कै भाइरल बनेको थियो ।

चितवनको मेयरको निर्वाचनका क्रममा त्यही सुर्य चिन्ह अंकित मतपत्र च्यातेर जितेको आरोप खेपिरहेकी दाहालले यसपटक भने झण्डा नसमाएको उनि निकट एक नेताले जानकारी दिए । ‘कस से कम सुर्य अंकित झण्डा बोकेर फोटो भने नखिच्ने उहाले जानकारी दिनुभएको छ’, ति नेताले भने ।

नेकपाको प्रचण्ड–माधवकुमार नेपाल समुहले राजधानीको रत्नपार्कमा आज विरोध प्रर्दशन गर्दैछ । मुल सडक छेकेर प्रर्दशन गरेपछि सर्वसाधारण र सो बाटो भएर हिड्ने यात्रु भने निक्कै मर्कामा परेका छन् ।