जनता टाइम्स

९ माघ २०७७, शुक्रबार १९:३८

माघ २३ गते नेकपा ओली पक्षले राजधानीमा आमसभा गर्ने


काठमाडौं, माघ ९

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली पक्षले माघ २३ गते राजधानीमा आमसभा गर्ने भएको छ । राजधानी बाहिर आक्रमक रुपमा संगठन विस्तारको काम गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको समुहले पहिलो पटक राजधानीमा सभा गर्न लागेको हो ।

सभालाई प्रधानमन्त्री एंव पार्टी अध्यक्ष ओली लगायत शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । काठमाडौंमा शुक्रवार आयोजित पेशागत संगठनको कार्यक्रममा प्रधानमन्त्री ओलीले आमसभा गर्न लागेको जानकारी दिनुभयो । ‘साँघुरा गल्लीमा केही मान्छे जम्मा गर्दैमा आमसभा हुँदैन’, उहाले भन्नुभयो, ‘आमसभा कस्तो हुन्छ भन्ने कुरा माघ २३ गते हेर्नुस्, हामी देखाउँछौँ । त्यो पनि फुल होइन टे«लर मात्रै हुन्छ ।’