जनता टाइम्स

९ माघ २०७७, शुक्रबार १९:५४

प्रचण्ड–माधवको बिरोधसभामा दुई घन्टा लगातार केपी ओलीलाई गाली : राखेजति कुरा सवै जाली


काठमाडौं, माघ ९ । विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधवपक्षीय समुहले आयोजना गरेको बिरोध प्रदर्शनमा मुलुक बनाउन ‘बिचारसून्य अवस्थामा रहेको कुण्ठाग्रस्त समुह’ को पहिचाल स्थापित गरेको छ । सो समुहले आयोजना गरेको जुलुसदेखि सभासम्म प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई गाली गर्नमै खर्चिएको छ ।

देशभरबाट बसमा ल्याइए पनि अधिकतम २० हजार सहभागी सभामा प्रचण्ड–माधव नेपालदेखि सवैजसो बक्ताहरुले केप शर्मा ओलीको बिरोधमा खर्च गर्दै आफूहरु अराजकताको नाइके रहेको पुष्टि गर्नुभयो । बिचार र आगामी योजना केही नभएको पुष्टि गर्दै केपी ओलीलाई गाली गर्नमै समय खर्चिए । पार्टीका कार्यकर्ता र जनतालाई नयाँ सन्देश भने केही दिन सकेनन । गालीमा पनि नयाँपन केही भेटिएन । उही पुरानै कुण्ठामात्रै पोखे ।

आफूहरु जस्तै ओली पनि हुन कि भन्दै आफ्नो छवि भष्मासुर, तानाशाह, भगौडा, गणतन्त्र–विरोधी जस्ता पर्जी कुरामात्रै गरे । सभामा प्रचण्ड, माधव, झलनाथ खनाल र घनश्याम भुसाललाई मात्रै बोल्न दिइएको थियो । चारै बक्ताबीच ओलीलाई कडा शब्दमा कस्ले गाली गर्ने प्रतिस्पर्धा नै चल्यो । भुषालले ओलीलाई घुँडा टेकाइछाड्ने फुर्ती लगाउनु भयो ।

भुसालपछिका बक्ता झलनाथ खनालले पनि उही कुण्ठा पोख्नुभयो । प्रचण्ड र माधवले पनि आफूहरुको कू योजना बिफल भएकोमा तमासा देखाउनु भयो । प्रचण्डले चुनाव भए आफूहरुको सर्वनास हुने संकेत गर्दै अदालतलाई धम्की पनि दिनुभयो ।