जनता टाइम्स

९ माघ २०७७, शुक्रबार २०:०१

अदालतको निर्णय मान्य हुन्छ, निर्वाचनबाट भाग्दैनौं – राजेन्द्र महतो


सप्तरी, माघ ९

जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले सर्वोच्च अदालतको निर्णय आफुहरुलाई स्विकार हुने बताउनु भएको छ । साथै उहाले लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्ने पनि स्पष्ट पार्नुभयो ।

सप्तरीको राजविराजमा आज प्रेस मञ्च र प्रेस नेपाल सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला आफूहरूलाई मान्य हुने बताउँदै निर्वाचनबाट भाग्न नचाहेको प्रस्ट पार्नुभएको हो ।

उहाले वैकल्पिक शक्तिका रूपमा जनता समाजवादी पार्टीको उदय भएको भन्दै यही पार्टीले हिमाल, पहाड र मधेशको हित गर्ने कुरा आमजनताले अनुभूति गरिरहेकाले जनलहर बढेको दाबी पनि गर्नुभयो ।