जनता टाइम्स

१० माघ २०७७, शनिबार १८:०९

माधव नेपालको गृहजिल्लामा प्रधानमन्त्री ओलीको पक्षमा देखियो लहर


काठमाडौं, माघ १०

नेकपाको एक समुहका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा जनमत देखिएको छ । रौतहट क्षेत्र नम्बर १ ले गरेको कार्यकर्ता भेलामा उत्साहपूर्वक जनसहभागिता भएको हो ।

गौरमा आयोजित सभालाई शहरी विकास मन्त्री प्रभु शाहले सम्बोधन गर्नुभएको थियो । नेपालकै गृहजिल्लामा यति ठुलो संख्यामा स्थानीय नेता कार्यकर्ता देखिएपछि ओली पक्ष उत्साहित बनेको छ ।

सभापछि प्रभु शाहले भन्नुभयो, ‘आज सदरमुकाम गौरमा आयोजित रौतहट क्षेत्र नम्बर १ स्तरीय कार्यकर्ता भेला उत्साहपूर्वक सहभागिता एवम् भव्यताका साथ सम्पन्न भयो । नगदी अध्यक्षको ख्वाब एवं प्रधानमन्त्री पदको स्वार्थमा लिप्त अन्तर्घातीलाई निस्तेज गर्दै बैशाख १७ र बैशाख २७ गते हुने निर्वाचनको तयारीमा लाग्न कार्यकर्ता पंक्तिलाई निर्देश गरियो ।’