जनता टाइम्स

११ माघ २०७७, आईतवार १८:४६

प्रचण्ड–माधव समुहको अर्को हाँस्यास्पद निर्णय



काठमाडौं, माघ ११ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाबाट अलग भई छुट्ट समुह गठन गर्नुभएका नेकपा –प्रचण्ड–माधव) समुहले प्रधानमन्त्री ओलीलाई पार्टीको साधरण सदस्यसमेत नरहने गरी निश्काषण गरेको छ । पुष्पकमल दाहाल, प्रचण्ड नेतृत्वको सो समुहको आज बसेको स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई पार्टीको साधरण सदस्यबाट निश्काषण गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री ओली सो समुहको सदस्यसमेत हुनुहुन्छ । यसरी प्रचण्ड नेतृत्वको नेकपाले हुँदै नभएको सदस्यलाई निश्काषणको नाटक गरेको हो । लामो समयदेखि नेकपाभित्र षडयन्त्र गर्दै कू गरेर नेतृत्व हत्याउन लाग्नुभएका पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपालको षडयन्त्र प्रधानमन्त्री ओलीले बिफल बनाउनु भएपछि पार्टीबाटै अलग भइसक्नु भएको छ । ओली नेतृत्वको पार्टीबाट अलग भए पनि प्रचण्ड र माधव ओलीमाथि खनिन छाडनु भएको छैन । पुस ५ गते प्रतिनिधिसभा बिघटन गरी बैशाखमा चुनावको घोषणा गरेसँगै सडकमा पुग्नुभएका दुवै नेता आजभोलि हरेक दिन यस्तै एउटा न एउटा नाटक गरिरहनु भएको छ ।

प्रचण्ड माधव समुहको आजको बैठकले ओलीलाई कार्वाहीसँगै गंगालाल तुलाधरलाई पेरिसडाँडास्थित केन्द्रीय कार्यालय सचिव र माधव नेपालका पिए मोहन गौतमलाई उपसचिव नियुक्त गर्ने निर्णय गरेको सो समुहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।