जनता टाइम्स

१२ माघ २०७७, सोमबार १२:२५

प्रधानमन्त्रीद्वारा राप्ती नदीको पुल उद्घाटन


दाङ, माघ १२

प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती नदीको पुल उद्घाटन गर्नुभएको छ । दाङको राप्ती गाउँपालिका–७ सिसनिया र गढवा गाउँपालिका–२ महदेवा जोड्ने राप्ती नदीको पुल उहाले केही समय अगाडी उद्घाटन गर्नुभएको हो ।

गत असारमै निर्माण सम्पन्न भएर प्रयोगमा आइसकेको पुलको आज औपचारिक रुपमा उद्घाटन गरिएको छ । पुल उद्घाटनपछि राप्ति गाउँपालिका–२ लालबटियामा आयोजना हुने सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

दाङ देउखुरीस्थित राप्ती नदीको पुल एक वर्ष पहिले नै निर्माण पुरा भएको थियो । राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने नेपालकै दोस्रो लामो पक्की पुलको लम्बाई ८६० मिटर छ । चौडाइ साढे १० मिटर छ । करिब एक अर्बको लागतमा पुल निर्माण गरिएको हो ।