जनता टाइम्स

१२ माघ २०७७, सोमबार १२:५०

नेकपाका नेता प्रदीप नेपालको अपिल : जबजवादीहरु एक ठाँउ उभिऔं, सबको भलो हुन्छ


काठमाडौं, माघ १२

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता प्रदीप नेपालले जनताको बहुदलीय जनवादीहरु एक ठाउँमा उभिनुपर्ने बताउनु भएको छ । उहाले निर्वाचन आयोगको निर्णयले पनि त्यही भनेको बताउदै यसैमा सबैको भलो हुने टिप्पणी गर्नुभएको छ ।

निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई आधिकारिकता प्रदान नगरेपछि आज विहान सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘मैले जनताको बहुदलीय जनवादीहरु अंततः एकठाउँमा आउनु पर्छ गाली गलोज नगरौं भनेको थिएँ । निर्वाचन आयोगले पनि त्यही भनेछ । अब भेड़ा भेड़ासंग, बाख्राबाख्रासंग गरौं, सबैको भलो हुन्छ ।