जनता टाइम्स

१२ माघ २०७७, सोमबार २०:२६

प्रधानमन्त्री ओली दाङ आइपुग्दा जे देखियो (फोटोफिचर)


दाङ, माघ १२

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार दाङ आइपुग्नु भएको छ । उहाले दाङमा दुई वटा कार्यक्रममा सहभागी हुनु भएको थियो । प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकास्थित राप्ती नदीमा निर्मित नेपालको दोस्रो ठुलो पुलको उद्घाटन गर्नुभयो । त्यसपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न पुग्नु भएको थियो ।

लालमटीयामा आयोजना भएको भेलामा पुग्दा निक्कै ठुलो संख्यामा त्यहा मानिसहरु उपस्थित भएका थिए । यसअघिको निर्वाचनका बेला पनि यति ठुलो संख्यामा मानिसहरु उपस्थित भएको आफुहरुले नदेखेको स्थानीय नै बताउदै थिए ।