जनता टाइम्स

१३ माघ २०७७, मंगलवार ०८:४२

मोडेर्नाको खोपले कोरोनाको नयाँ प्रकारको भाइरसलाई पनि परास्त गर्ने


काठमाडौ, माघ १३ ।  अमेरिकी औषधि उत्पादक मोडेर्नाले उत्पादन गरेको खोपले कोरोनाको नयाँ प्रकारको भाइरसलाई पनि परास्त गर्ने वैज्ञानिकहरूले दाबी गरेका छन् ।

आफ्नो कोभिड खोप पछिल्लो समय देखा परेको नयाँ र धेरै सङ्क्रामक कोरोनाभाइरसको प्रकारसँग लड्न पनि सक्षम देखिएको मोडेर्नाका वैज्ञानिकहरूले जनाएका छन्।

प्रारम्भीक परीक्षणमा भाइरसका त्यस्ता भेरियन्टलाई उक्त खोपले पहिचान गर्न र लड्नका लागि प्रतिरोधी तत्व बनाउन सक्ने देखिएको बीबीसीले जनाएको छ ।

यद्यपि खोप लगाइएका मानिसहरूमा अध्ययन नगरिएकाले पूर्णरूपले त्यसले काम गर्नेमा पनि आशंका कायमै छ ।

सुरुमा बेलायत र दक्षिण अफ्रिकामा देखा परेका नयाँ प्रकारमध्ये दक्षिण अफ्रिकाको चाहीँ पहिलेको भन्दा केही घातक हुने प्रारम्भीक अध्ययनहरूले देखाएका छन् । सेप्टेम्बर महिनामा बेलायतबाट फैलिएको नयाँ प्रकारको भाइरस ७० प्रतिसतसम्म थप संक्रामक पाइएको विज्ञहरूले जनाएका छन् ।