जनता टाइम्स

१३ माघ २०७७, मंगलवार १०:०८

राष्ट्रपति भण्डारीद्वारा भारतीय समकक्षीलाई शुभकामना, नेपाल–भारत सम्बन्ध अझै सुदृढ हुने विश्वास


काठमाडौं, माघ १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश पठाउनु भएको छ । राष्ट्रपति भण्डारीले आज आफ्ना भारतीय समकक्षी रामनाथ कोविन्दलाई सन्देश पठाउँदै शुभकामना एवं बधाई ज्ञापन गर्नुभएको हो ।

सन्देशमा राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपतिको व्यक्तिगत सुख सुस्वास्थ्यका साथै भारतका जनताको शान्ति र प्रगतिको कामना गर्नुभएको छ । उहाँले शताब्दीऔँ पुरानो बहुआयामिक नेपाल–भारत सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास सन्देशमा व्यक्त गर्नुभएको छ ।