जनता टाइम्स

१३ माघ २०७७, मंगलवार १२:००

माघ २३ गते काठमाडौंमा २ लाख जनता उतार्ने यस्तो छ सत्तारुढ नेकपाको योजना, तोकियो जिम्मेवारी


काठमाडौं, माघ १३ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले आगामी माघ २३ गते काठमाडौंमा २ लाख जनता उतार्ने योजनासहित आफ्नो कामलाई तीब्रता दिएको छ । नेकपा बागमति प्रदेश संगठन कमिटीले आयोजना गर्ने सो विसाल जनसभामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे बिशेष घोषणा गर्ने कार्यक्रम रहेको छ ।

नेकपाले “अराजकताको अन्त्य, भौगोलिक अखण्डता र संविधानको रक्षा गर्दै विकास र सम्बृद्धिमार्फत राजनीतिक स्थायित्वको लागि ताजा जनादेश” भन्ने मुल नाराकासाथ सभा आयोजना गर्न लागेको छ । बागमति प्रदेश संगठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलका अनुसार सभामा २ लाख मानिस उतारिने छ । जस्को लागि बागमति प्रदेशका सवै जिल्ला, सम्पर्क समन्वय कमिटी, जनसंगठनलाई बिशेष जिम्मेवारी तोकिएको छ ।

यस्तो छ अपिल

मुलुक संकट र असहज परिस्थितिमा गुज्रिरहेको छ । राष्ट्रिय स्वाधिनता, संविधानको रक्षा, सम्बृद्धि र विकास नेपाली जनताको उत्कट चाहना हो । यसको लागि सम्माननीय प्रधानमन्त्री एवम् श्रद्धेय अध्यक्षले जनताको आकांक्षा र चाहनालाई मूर्तरुप दिन सरकार गठन गरेदेखि नै निरन्तर प्रयत्न गर्नुभयो । जनचाहनालाई झन्डै तीन वर्षे कार्यकालमा पूरा गर्न भगिरथ प्रयत्न गर्नुभयो । तर पार्टीभित्रका षड्यन्त्रकारीले जनअपेक्षा सम्बोधन गर्नु/गराउनु भन्दा सरकार र पार्टीविरोधी गतिविधि गर्दै प्रधानमन्त्रीलाई घेराबन्दी गर्न र असफल बनाउन षड्यन्त्र गरिरहे । अराजनीतिक, पूर्वाग्रही कपटपूर्ण आरोपको पुलिन्दा बनाउन समय खर्चिए । पार्टी कब्जा गर्ने निहीत उद्देश्यका साथ पार्टी र प्रधानमन्त्रीलाई थाहा नै नदिई राष्ट्रपतिसमक्ष समावेदन गर्न प्रयत्न गर्नु, संसदीय दललाई छल्दै र संसद सचिवालयमा अवैध तरिकाबाट किर्ते हस्ताक्षर प्रयोग गरी अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रयत्न गर्नेजस्ता घृणित कार्य पार्टीभित्रैबाट भएका कारण संसदीय मुल्य मान्यता कायम गर्न नयाँ जनादेशमा जाने उद्देश्यका साथ ५ पौष २०७७ का दिन संसद विघटन गरी २०७७ बैशाख १७ र २७ गते मध्यावधी निर्वाचनको घोषणा भएको छ ।

संविधानमा भएको व्यवस्थाअनुसार विघटन भएको प्रतिनिधि सभालाई पूनस्र्थापनाको माग गर्दै प्रचण्ड-माधब नेपाल समूहले मुलुकव्यापी अराजक, अस्थिरता र हिंसात्मक प्रर्दशन गर्ने चेतावनी सहति सडक संघर्ष गरिरहेका छन् । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारको बिरोध गर्नु र आन्दोलन गर्नु उसको धर्म हो । संविधान बिरोधी दक्षिणपन्थीहरुले मौकाको फाईदा उठाउँदै मुलुकलाई अस्थिरिता तिर लैजान खोजेको वर्तमान अवस्थामा नेकपा चुप लागेर बस्नु हुँदैन र बस्दैन । यतिबेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिको बारेमा वास्तविकता जनतालाई जानकारी दिनु हाम्रो कर्तव्य र दायित्व दुबै भएको छ । २३ माघ २०७७ का दिन काठमाडौंको रत्नपार्कमा विसाल जनसभाको आयोजना गर्ने निर्णय ६ माघ२०७७मा बसेको बागमती प्रदेश संगठन कमिटिको चौथो पूर्ण बैठकले गरेको छ । उक्त निर्णयलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने÷गराउने सम्बन्धा जानकारी दिन पत्रकार सम्मेलनको अयाजना गरेका छौं ।
“अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र संवृद्धि मार्फत राजनीतिक स्थायित्वको लागी ताजा जनादेश” भन्ने नाराका साथ हामी जनसभा गर्दै छौं ।

यस अभियानलाई सार्थक बनाउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ताजा धारणा जनताका बीचमा सार्वजनिक गर्न आयोजित जनसभा सफलताको लागि क. कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा ११११ सदस्य रहेको जनसभा परिचालन कमिटी गठन गरेको घोषणा गर्दछु । जन सभा परिचालन कमिटिमा निम्न क्षेत्रबाट प्रतिनिधित्व गराइएको छ ।

बागमती प्रदेश अन्तर्गतका महाधिवेशन आयोजक कमिटीका केन्द्रिय सदस्याहरु, राष्ट्रिय सभाका माननीय सदस्यहरु, प्रतिनिधी सभाका निवर्तमान माननीय सदस्यहरु, प्रदेश सभाका सदस्यहरु, प्रदेश संगठन कमिटीका सदस्यहरु, जिल्ला कमिटीका अध्यक्ष र सचिवहरु, प्रदेश जनवर्गिय संगठनका इन्चार्ज एवम् पदाधिकारीहरु, उपत्यका विशेष अन्तर्गतका जिल्ला कमिटी काठमाडौं, ललितपुर, भक्तपुर जिल्ला कमिटीका सम्पूर्ण सदस्याहरु, सबै जिल्ला कमिटी इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवहरु, युवासंघ, अनेरास्वयु, अनेमसंघ, जिफन्ट, किसान महासंघ, पेशगता महासंघ, जनसाँस्कृतिक महाँसघ, प्रेस संगठन कमिटीका इन्चार्ज, सइन्चार्ज, अध्यक्ष सहित पदाधिकारीहरु, विभिन्न लोकतान्त्रिक संगठनका प्रतिनिधिहरु, व्यवसायिक संगठनका अध्यक्ष र प्रनिनिधिहरु, जिल्ला समन्वय समितका संयोजक, उपसंयोजक र सदस्यहरु, पालिकाका निर्वाचित मेयर, उपमेयर, प्रमुख, उपप्रमुख, सम्पर्क मन्चका इन्चार्ज, सहइन्चार्ज, प्रदेशका पदाधिकारी र जिल्लाका पदाधिकारीहरु र पार्टीमा बिषेश योगदान पुर्याउनु भएका कमरेडहरु समावेश गरिएको व्यहोरा अनुरोध गर्दछु ।

जनसभा वागमती प्रदेश संगठन कमिटीद्वरा आयोजना हुने भएकोले बागमती प्रदेश अन्तरगतका १३ जिला र उपत्यका विशेष प्रदेशका ४ जिल्ला समेत १७ जिल्लाका नेता तथा कार्यकर्ताको नेतृत्वमा व्यापक जन परिचालन गरी सभालाई सफल बनाईनेछ । जनसभा परिचालन कार्यक्रमको सचिवालय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संगठन कमिटीको कार्यालय बालकुमारी ललितपुरमा रहने छ । बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष क. अनन्दप्रसाद पोखरेलको अध्यक्षतामा २५ सदस्य सचिवालय गठन गरिएको छ । सचिवालयले २३ माघको जन सभा भव्यतका साथ सम्पन्न गर्न आवश्यक सबै प्रवन्ध सचिवालयको कार्यालय मार्फत गरिनेछ ।

जनसभामा लाखौं जनताको उपस्थिती गराउने लक्ष्य पुरा गर्न निम्न अनुसारका कार्य गर्न मातहत कमिटीलाई निर्देशन गरिएको छ ।

– बागमती प्रदेश र उपत्यका विशेष प्रदेशका १७ वटा जिल्ला कमिटीहरुले माघ १४ भित्र ५०१ सदस्य रहेको जनसभा परिचलन कमिटी गठन गरी सक्नुपर्ने छ । उक्त कमिटीले आ आफ्नो जिल्लामा जन परिचालन गरी सभामा व्यापक जनसहभागिताको गराउने ।
– माघ १७ भित्र सबै पालिकाहरुमा ३०१ र वडा स्तरमा १०१ सदस्य रहेको जनासभा परिचलन कमिटी गठन गरी उक्त कमिटीले योजना बनाई घर‡घरमा जनसभाको व्यापक प्रचार प्रसार गरी जनतालाई सहभागिता गराउने ।
– सबै जन वर्गिय संगठनहरुले १५ माघ भित्र ५०१ जना सदस्य रहने गरी जनसभा परिचलन कमिटी गठन गर्ने र आफू सम्बद्ध सदस्यहरुलाई परिचालन गरी व्यापक उपस्थिती गराउने ।
– केन्द्रीय सदस्यहरुले सम्बन्धित जिल्ला कमिटीको सहकार्यमा तोकिएको क्षेत्रमा कार्य सम्पादन गर्ने कार्ययोजना बनाई जनसभा परिचलन कमिटी गठन गरी जनसभामा जनताको सहभागिताको लागि नेतृत्व प्रदान गर्ने ।
-राष्ट्रिय सभाका माननीय सदस्यहरु, विघठित प्रतिनिधि सभाका माननीय सदस्यहरु र प्रदेश सभाका सदस्यहरुले आआफ्नो निर्वाचन क्षेत्रमा प्रत्येक्ष उपस्थिति भई निर्वाचन क्षेत्र स्तरिय जन परिचालनको योजना बनाई जनसभामा जनताको व्यापक सहभागिता गराउने ।
– मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु र सदस्यहरु पालिका वडा देखि टोल स्तरसम्म परिचालित भई जनताको नेतृत्व गरी ¥याली सहित जनसभामा सहभागी हुने ।
– जिफन्टका अध्यक्ष क.विनोद श्रेष्ठको नेतृत्वमा जनसभा मञ्चको तयारी गर्ने र जनसभाका लागि आवश्यक झण्डा, व्यानर सहितका सामग्रीहरु उत्पादन, व्यवस्थापन र वितरण जिम्मेवारी प्रदान गरिएको छ ।
– माघ १७ सम्ममा सम्पर्क समन्वय कमिटीको नेतृत्वमा सबै प्रदेश सम्पर्क मञ्च र सबै जिल्ला सम्पर्क मञ्चहरु आ‡आफ्नो मञ्चको भेला गरी १०१ जना सदस्य रहेको जनसभा परिचलन कमिटी बनाई उपत्यकामा बस्ने सम्बन्धित जिल्लाका जनताको व्यापक परिचालन गर्ने र ¥याली तथा सभामा मञ्चहरुले पहिचान खुल्ने व्यानर सहित सहभागी हुनु पर्नेछ ।
– युवासंघ, अनेरास्ववियु र खेलकुद माहासंघले जनसभा सफल बनाउन आवश्यक २ हजार १ सदस्य स्वयम सेवकको व्यवस्था गरी परिचनल गर्ने छ । यसका लागि क. महेश बस्नेतको नेतृत्वमा क माधब ढुंगेल, रमेश सिलवाल, रमेश पौडेल, ऐन महर र ओमकृष्ण प्रसाईलाई विशेष जिम्मेवारी प्रदान गरिएको छ । स्वयम सेवकले जनसभालाई मर्यादित, व्यवस्थित र अनुसाशित बनाउने कार्य गर्ने छन् । र्याली हुने स्थान देखि जनसाभा स्थालसम्म स्वयमसेवक परिचालन गर्नु पर्ने छ । स्वयम सेवक परिचलन हुनुपर्ने स्थानहरु कोटेश्वर, कालिमाटी, थापाथली, त्रिपुरेश्वर, बालाजुचोक, नारायण गोपाल चोक, चावाहिल चोक, स्वयम्भू, माईतीघर, सहिदगेट, रत्नपार्क, त्रिचन्द्र कलेज, भृकुटीमण्डप, आयोजना स्थल र ¥याली व्यवस्थापन गर्ने समेतको जिम्मेवारी हुने छ ।
– स्वयम सेवक मार्फत खाने पानीको व्यवस्था गर्ने ।
– जनसभा गर्दा जनसभा क्षेत्रमा फोहोर पाल्न निषेध गरिने छ र जन सभा सम्पन्न भएपछि स्वयम सेवक परिचलन गरी सरसफाई गरिने छ ।
– स्वास्थ्य स्वयमसेवकहरुले विशेष घुम्ती स्वास्थ्य टोली र औषधिको व्यवस्था गर्ने गराउने ।
– जनसास्कृतिक महसंघले २३ गते ११ बजे देखि मञ्चमा जनसभा प्रारम्भ हुनु पूर्व विभिन्न सास्कृतिक कार्यक्रम गर्ने छ । व्यापक जनसहभातिता हुने खास स्थानहरु (माईतिघर मण्डला, त्रिपुरेश्वर, जमल, पुतलीसडक घण्टाघर लगाएतक स्थानबाट कलाकारहरु सागितिक प्रस्तुती सहित ¥यालीमा सहभागी हुनेछन् ।
– लोकतान्त्रिक संघ संगठनले आ आफ्नो पहिचान सहति साँस्कृतिक झाँकी सहित ¥यालीमा सहभागी हुने ।
– जिफन्ट आवद्ध संघठनले पहिचान सहितको ¥यालीमा सहभागी हुने ।
– सम्बन्धित जिल्लाका महाधिवेशन आयोजक कमिटीका केन्द्रिय सदस्यहरु र जिल्ला अध्यक्ष सचिव लगायले आ ¥यालीको नेतृत्व गर्नु हुनेछ । ¥यालीमा जिल्ला कमिटीको आ‡आफ्नने व्यानर सहित सहभागी हुनुपर्ने छ ।
– पार्टीका २१ वटै जनवर्गिय संगठनले आ आफ्नो पहिचान सहित ¥यालीमा सहभागी हुने ।
– काठमाडौं उपत्यकाका ३ वटै जिल्लाका सबै पालिकाहरुले आफ्नो व्यानर सहित ¥यालीमा सहभागी हुने ।
– सामुदायिक संगठन र उपभोक्ता समितीहरुलाई जनसभा सहभागी गराउन सम्बन्धत क्षेत्रका स्थानिय पार्टी कमिटीहरुले नेतृत्व प्रदान गरी ¥याली एवम् जनसभामा सहभागी गराउने ।
– प्रेस संगठन नेपालले जनसभाको प्रचार प्रशारको कार्यलाई योजनाबद्ध ढंगले कार्यान्यन गर्ने ।
– १० हजार मोटर साइकल ¥याली माघ २१ गते गरिन्छ ।

आनन्दप्रसाद पोखरेल
अध्यक्ष