जनता टाइम्स

२२ जेष्ठ २०७६, बुधबार १२:०७

इद उलफित्रको रौनक


काठमाडौं ।

मुस्लिम धर्मावलम्बीहरूले बुधबार बिहानदेखि ‘इद उलफित्र’ पर्व धार्मिक आस्था एवं उत्साहका साथ मनाइरहेका छन् । आत्मशुद्धिका लागि एक महीनासम्म मनाइएको रमदान पर्वको पूर्वसन्ध्यामा चन्द्रमा अवलोकनपछि आज बिहानदेखि इद उलफित्र पर्व मनाउन लागिएको हो । यस पर्वको अवसरमा मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नयाँ वस्त्रधारण गर्ने र मस्जिदमा पुगेर नमाज पढ्नुका साथै गरीबलाई दान दिने गर्दछन् ।