जनता टाइम्स

१३ माघ २०७७, मंगलवार १८:११

चारजना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख ढुंगानाबिरुद्ध अदालतको अबहेलना मुद्दा दर्ता


काठमाडौं, माघ १३ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा अनावश्यक अभिब्यक्ति दिनुभएका चार पूर्वप्रधानन्यायाधीशविरूद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।

सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा आपत्तिजनक अभिब्यक्ति दिएको भन्दै पूर्वप्रधानन्यायाधीशहरू अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरूद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको हो । चार पूर्वप्रधानन्यायाधीशले संयुक्त विज्ञप्ति प्रकाशित गरेर अदालतको काम कारबाहीमा प्रभाव पर्न खोजेको र अदालतको न्याय निरूपणमा प्रश्न उठाएको भन्दै अधिवक्ता लोचन भट्टराईले आज मुद्दा दर्ता गर्नुभएको हो ।

सर्वेच्च अदालतमा आजै पूर्वसभामुख दमननाथ ढुंगानाविरूद्ध पनि अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । ढुंगानाले ‘न्यायाधीश तानेर सडकमा ल्याउने दिन नआओस’ भनेर अभिब्यक्ति दिनुभएको थियो । ढुंगानाको सो अभिव्यक्तिलाई अदालतको अवहेलना भएको भन्दै रिट निवेदन दर्ता भएको हो । ढुंगानाविरूद्ध अधिवक्ता राजाराम घिमिरेले रिट निवेदन दर्ता गराउनु भएको हो ।