जनता टाइम्स

१४ माघ २०७७, बुधबार १६:५६

नेपाली जनताले विश्वास गरेको जुनसुकै मन्दिर जान्छु : प्रधानमन्त्री ओली


काठमाडौं, माघ १४

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेपाली जनताले विश्वास गर्ने जुनसुकै धार्मिक मठमन्दिरमा पाठपूजा गर्न जाने बताउनुभएको छ । उहाँले काठमाडौंमा आयोजित आदिवासी जनजाति महासंघको कार्यक्रमलाई सम्वोधन गर्दै जनताले विश्वास गर्ने जुनसुकै धार्मिक मठमन्दिरमा जाने बताउनुभएको हो ।

‘हिजो म पशुपतिनाथ मन्दिर जाँदा धेरै जना रिसाए । पशुपतिनाथ कुनै विदेशबाट आयातित सभ्यता होइन । हाम्रै पुरानो सभ्यता हो’, प्रधानमन्त्री ओली भन्नुभयो, ‘पशुपति मन्दिर गएर के विग्रियो ?’ म शिव, कृष्ण, देवी र नेपाली जनताले विश्वास गरेको मन्दिरमा जान्छु ।’

उहाँले नेपाल कुनै धर्म विशेष राज्य नभएर १ सय २७ जातजाति भाषाभाषीको साझा देश रहेको पनि सुनाउनुभयो । उहाँले थप्नुभयो, ‘नेपाल कुुनै धर्म विषेश राज्य होइन । संसारका कुनै धर्म विशेष राज्य पनि छन् । नेपाल १ सय २७ जातजातिरभाषाभाषीको साझा देश हो । नेपाल विविधिता र सांस्कृतिको सम्पन्नता देश हो।’