जनता टाइम्स

१५ माघ २०७७, बिहीबार १३:२९

उखु किसानलाई भुक्तानी नदिने उद्योगी पक्राउ


काठमाडौ, माघ १५ । महानगरीय प्रहरी परिसर काठमाडौंले उखु किसानको लाखौं रुपैयाँ भुक्तानी नदिएको आरोपमा अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई पक्राउ गरेको छ ।

त्रिपुरेश्वरस्थित घरबाटै उनलाई बुधबार पक्राउ गरिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताउनुभयो ।

अग्रवालविरुद्ध ठगी सम्बन्धी कसूरमा किटानी जाहेरी परेको छ । गत ३० मंसिरमा उखु किसानलाई भुक्तानी नदिने उद्योगलाई पक्राउ गरी रकम असूल्ने निर्णय गृह मन्त्रालयले गरेको थियो । यसअघि २०७५ कात्तिकमा पनि उनी उखु किसानलाई भुक्तानी नदिएको अभियोगमा पक्राउ परेका थिए ।