जनता टाइम्स

१५ माघ २०७७, बिहीबार १५:३९

चोलेन्द्र श्रीमानसँग बदला लिन आफ्नै फैसलाबिरुद्ध उभिइन पूर्वप्रधानन्यायाधीश सुशिला कार्की


काठमाडौं, माघ १५ । पूर्वप्रधानन्यायाधीश सुशिला कार्की प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरासँग बदला लिनको लागि मात्रै अदालतमा बिचाराधिन मुद्दामा बिज्ञप्ती जारी गर्नुभएको तथ्य खुलेको छ । ललिता निवास प्रकरणमा दुई जना पूर्वप्रधानन्यायाधीशले गलत फैसला गरेको कारण जेल पुग्ने त्रासमा रहेको बेला सेलिब्रेटी बन्नुभएकी पूर्वप्रधानन्यायाधीश कार्की भने प्रधानन्यायाधीश जवरासँग आफू प्रधानन्यायाधीश हुँदा संबिधान भन्दा बाहिर गएर कुनै काम नगर्ने अडान लिनुभएको बदला लिन बिज्ञप्ती जारी गर्नुभएको पाइएको हो ।

पूर्वप्रधानन्यायाधीश मिनबहादुर रायमाझी र अनुपराज शर्माले अदालतको नेतृत्व गर्दा बालुवाटार जग्गा प्रकरणमा गलत फैसला गरी सरकारी जग्गा ब्यक्तिको नाममा पुर्याएको कारण कुनैपनि बेला जेल जाने खतरा देखेर प्रधानन्यायाधीश जवरामाथि दवाव दिन बिज्ञप्ती जारी गर्नुभएको तथ्य यसअघि नै जनताटाइम्सले खोलिसकेको छ भने कार्कीले अदालतलाई दवाव दिएर मुलुकलाई अराजकतातिर धकेल्न बिदेसी मिशनअनुसार काम गर्न थालेको आभाष पाइएको छ । सर्वाेच्च अदालत स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीश कार्की प्रधानन्यायाधीश जवरासँग आफूले बिगतमा भनेको कुरा नमानेको बदला लिन चाहिरहनुभएको छ ।

कार्की प्रधानन्यायाधीश हुँदा जवरा सर्वाेच्चमा बरिष्ठतममध्येको न्यायाधीश हुनुहुन्थ्यो । त्यही बेला संबैधानिक इजलाशको बिवाद आएको थियो । संबैधानिक इजलाशमा चोलेन्द्र श्रीमान समावेश गर्दा आफूले भनेअनुसारको फैसला नहुने भएपछि उहाँलाई बाहिर राख्न कार्की नेतृत्वकै बृहत इजलाशले संबैधानिक इजलाश सम्बन्धी बिवादको अन्तिम किनारा लगाउनु भएको थियो । संबिधान सम्बन्धी बिषयमा बिवाद आए संबैधानिक इजलाशले नै टुंगो लगाउने गरी तात्कालिन प्रधानन्यायाधीश कार्की नेतृत्वको बृहत इजलाशले फैसला गर्दै भनेको थियो, ‘संबैधानिक इजलाश प्रधानन्यायाधीशले तोक्नु हुन्छ, त्यो मान्य हुन्छ ।’

तात्कालिन प्रधानन्यायाधीश कार्कीलाई आफूले भनेको नमान्ने र संबिधान भन्दा बाहिर गएर कुनै आदेश दिन सकिन्न भन्ने अडान राखेको कारण जवरालाई कुनै पनि हालतमा संबैधानिक इजलाशमा राख्न नचाहेको कारण यो फैसला आएको थियो । त्यसबेला आफूसँग कार्कीले भनेको कुरा उधृत गर्दै एक न्यायाधीशले जनताटाइम्ससँग भने, ‘चोलेन्द्र संबिधानबाहेक कसैसँग झुक्दैनन, मैले भने पनि मान्दैनन, त्यसैले उनलाई संबैधानिक इजलाशमा राख्न मिल्दैन ।’

प्रतिनिधिसभा बिघटनको मुद्दा अदालतमा मुद्दा पुगेपछि कार्कीले नै पुरानो आफ्नै फैसला बिर्सिएर प्रधानन्यायाधीशमाथि बृहत इजलाशको माग गर्न लगाएको तथ्य पनि बाहिर आएको छ । ‘आफू अदालतको नेतृत्वमा हुँदा चोलेन्द्र श्रीमानलाई संबैधानिक इजलाश भन्दा बाहिर राख्न प्रधानन्यायाधीशले तोक्ने भनेर फैसला गर्नुभयो, तर अहिले उनै ब्यक्ति चोलेन्द्र श्रीमानमाथि आरोप लगाउनु हुन्छ, यो त सरासर राजनीति हो, अदालतको नेतृत्व गरेको ब्यक्तिको धारणा हुँदै होइन, मान्नै सकिदैन,’ कार्की निकट रहेर काम गर्नुभएका सर्वाेच्चकै अर्का न्यायाधीशले भने ।

ती न्यायाधीशका अनुसार नेकपाबाट अलग भई सडकमा पुग्नुभएका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपालसहित केही बिदेसी एजेन्सीका प्रतिनिधिसँगको छलफलपछि कार्कीसहितका पूर्वप्रधानन्यायाधीशहरु अदालतकै बिरुद्ध उभिनु भएको हो । प्रचण्ड–माधवको योजना राष्ट्रपतिदेखि अदालतसम्म सवै संबैधानिक निकायमाथि आक्षेप लगाएर जनता भडकाउँदै राजतन्त्रकोपक्षमा माहोल खडा गर्ने घोषित नीति नै रहेको तथ्यहरुले देखाउन थालेको छ ।