जनता टाइम्स

१८ माघ २०७७, आईतवार १४:३६

प्रधानमन्त्री ओली पक्षको जनसभा अघि नै प्रचण्ड–नेपाल पक्ष भयमा, लगाउन थाल्यो यस्ता आरोप


काठमाडौं, माघ १८

नेपाल कम्युनिष्ट पार्टी ओली समूहको बागमती प्रदेश कमिटीले माघ २३ गते गर्न लागेको जनसभाबाट प्रचण्ड–नेपाल समुह भयमा देखिन थालेको छ । सो पक्षले गरेको सभामा सोचे जति मानिस उपस्थित नभएपछि ओली पक्षमाथी आरोप लगाउन शुरु गरेको छ ।

प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा माघ २३ गते शुक्रबार काठमाडौं गर्ने जनसभाको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने उक्त जनसभा नारायणहिटी दरबार संग्राहलयको दक्षिण ढोकातर्फको सडकमा आयोजना गरिने भएको छ । उक्त जनसभामा काठमाडौंका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी हुनेछन् ।

अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश भन्ने नाराका साथ हुने सभाका सांस्कृतिक झाँकी, वेशभूषासहित राष्ट्रिय एकता प्रदर्शन तथा राष्ट्रिय जनसांस्कृतिक महासङ्घबाट साङ्गीतिक प्रस्तुति गराइने जानकारी दिइएको छ ।

सो दिन माइतीघर मण्डल, त्रिपुरेश्वर, जमल, पुतलीसडक, घण्टाघरलगायत स्थानबाट कलाकारसहितको साङ्गीतिक प्रस्तुति लिएर टोली जुलूसमा सहभागी हुने छ । जुलूसको नेतृत्व जिल्लाका महाधिवेशन आयोजक कमिटीका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष तथा सचिवले गर्ने तथा पार्टीका २१ वटै जनवर्गीय सङ्गठनले आआफ्नो पहिचानसहित तथा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका सबै पालिकाले आआफ्नो तुलसहित सहभागी हुने कमिटीले जनाएको छ । सभाको तयारीका लागि यही माघ २१ गते काठमाडौंमा १० हजार मोटरसाइकलको र्‍यालीसमेत गरिने जनाइएको छ ।

तर, प्रचण्ड–नेपाल पक्षका नेताहरु भने नारायणहिटी दरबार अगाडी सभा गरेर राजतन्त्रको पक्षमा उभिएको भनेर सन्देश दिन खोजेको आरोप लगाएको छ । ओलीको पक्षमा जुलुस ठुलो पूर्वानुमान पाएको सो पक्षले जुलुसमा राजावादीलाई पनि समावेश गराउन लागेको आरोप लगाउन शुरु गरेको हो ।

‘अस्ति पशुपतिमा गएर सवा लाख बत्ती बाले, हिजो चितवनमा गएर राम मन्दिर बनाउने घोषणा गरेर आएका छन्’, सुरेन्द्र पाण्डेले भन्नुभयो, ‘नयाँ मठाधीश बनेर ओलीले जनतालाई अल्मल्याउने कोशिश गरिरहेका छन् ।’ यता, ओली पक्षका नेताहरुले भने राजाको पाउमा दाम राख्नेहरुको सोचमा कुनै बदलाव नआएको टिप्पणी गरेका छन् ।