Untitled Document

आत्मविश्वासका साथ मिहिनेत गरेर अगाडि बढे मोडलिङमै करिअर : नग्मा श्रेष्ठ, मोडल

ग्याल्मर्स क्षेत्रमा मोडल नग्मा श्रेष्ठ कुनै नौलो नाम होइन । यो क्षेत्रमा दुई वर्षदेखि लाग्दै आउनुभएको श्रेष्ठ एकवर्षदेखि भने म्युजीक भिडियोमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । निकै सक्रिय र जुझारु स्वभावकी मोडेल श्रेष्ठ अध्ययनमा समेत त्यत्तिकै रुची राख्नुहुन्छ ।

बिबिएस फस्ट एयरमा अध्ययनरत श्रेष्ठले प्लस टू अध्ययनबाटै यो क्षेत्रमा प्रवेश गर्नुभएको हो । यो क्षेत्रलाई कहिल्यै छोड्दिन र ढिलो चाँडो सफल भएरै छाड्छु भन्ने अठोट लिएर श्रेष्ठ अगाडि बढ्नुभएको छ । जीवनमा कहिल्यै हिम्मत हार्न नहुने भन्ने उच्च भावना लिएर मोडल श्रेष्ठ अगाडि बढिरहनु भएको छ ।

आफू राम्रो भए सबै राम्रो हुने भन्दै सकारात्मक सोचको धनी श्रेष्ठलाई पारिवारिक सहयोग पनि त्यत्तिकै मिलेको छ । विशेष गरि बुबाबाट राम्रो सहयोग मिलीरहेको मोडल श्रेष्ठ बताउनुहुन्छ । लक्ष्मी माताको भजनबाट पहिलो म्युजीक भिडियो उहाँले शूरु गर्नुभएको हो । आधुनिक गीतबाट म तिम्रो हिरो भन्ने दोस्रो म्युजीक भिडियो नग्माले गर्नुभएको थियो ।

चितवनमा जन्मेर काठमाडौंमा हुर्कनुभएको नग्मा सानै उमेरदेखि यो क्षेत्रमा प्रवेश गर्नुभयो । मोडल श्रेष्ठ यतिखेर निकै चर्चामा हुनुहुन्छ । सधै सकारात्मक सोच राख्ने र सधै हँसिली देखिने मोडल श्रेष्ठको चर्चा निकै चुलिएको हो । उहाँ सुन्दर र हँसिली मात्र नभई त्यत्तिकै ट्यालेन्ट पनि हुनुहुन्छ । आत्मबल र आत्मविश्वासका साथ खुला दिले लिएर यो क्षेत्रमा करियर अगाडि बढाइरहनु भएको नग्माले आफूलाई छोटो समयमै ग्ल्यामरस फिल्डमा स्थापित गराइसक्नु भएको छ । नग्माले करिब डेढ वर्षकै अवधिमा थुप्रै विज्ञापन र म्युजिक भिडियोमा मोडलिङ गरिसक्नु भएको छ ।

‘मोडलिङ र अभनिय मेरो सानैदेखिको रुचि हो’ जोश र गर्वका साथ नग्माले भन्नुभयो, ‘अब करिअर पनि यसैमा बनाउने उद्देश्य लिएकी छु ।’ उमेरले भर्खरै १८ टेक्नु भएको नग्मा बिबीएस अध्ययरनत हुनुहुन्छ । विज्ञापन, म्युजिक भिडियो र ¥याम्प मोडलिङ गर्दै आउनुभएको नग्मा भन्नुहुन्छ, ‘फिल्ममा जस्तोसुकै रोल पनि गर्न सक्छु ।’ सानै हुँदाखेरी नै मोडलिङप्रति रुचि राख्ने नग्माले एसएलसीपछि प्लस–टु सुरु गरेसँगै यो क्षेत्रमा प्रवेश गर्नुभएको हो ।

नग्मा भन्नुहुन्छ, ‘म डान्स पनि गर्छु । डान्स गर्दागर्दै मलाई पेपर एडका लागि प्रस्ताव आयो । मेरो मोडलिङ करिअर पनि पेपर एडबाटै सुरु भएको हो । त्यसपछि म्युजिक भिडियो, टिभी एड र ¥याम्प मोडलिङमा पनि अफर आउन थाल्यो । अहिले यसै क्षेत्रमा व्यस्त भएकी छु ।’

मोडलिङमा पहिलो पटक २५ सय रुपैयाँ पाएको नग्माको स्मरणमा ताजै छ । ‘तर, त्यो पनि मैले राखिनँ, बुबालाई दिएँ’, नग्मा सम्झनुहुन्छ । भन्नुहुन्छ, ‘हिजोआज त म राम्रै पारिश्रमिक लिन्छु । मेरो आफ्नै रेट छ । तर, यहाँ नभनौँ होला किनकि रेट खुलाउँदा नकरात्मक सन्देश पनि जानसक्छ । अर्को कुुरा मैले म्युजिक भिडियोहरु पनि सेलेक्टेड मात्र गर्छु । जसले गर्दा मैले भनेजति नै पारिश्रमिक पाउँदै आएकी छु ।’

मोडलिङमै करिअर बनाउने अठोट लिएर अगाडि बढिरहनु भएको नग्मा भन्नुहुन्छ, ‘आत्मविश्वासका साथ मिहिनेत गरेर अगाडि बढ्यो भने मोडलिङमै करिअर बनाउन सकिन्छ । पहिले–पहिले यस्तो थिएन । तर, पछिल्लो समय प्रतिभा भएकाहरुका लागि अवसरको खाँचो छैन ।’

फिल्ममा पनि रुचि रहेको बताउने नग्मा जसरी हुन्छ ग्ल्यामरस फिल्डमै करिअर बनाउँने उद्देश्य लिएर अगाडि बढेको बताउनुहुन्छ । नग्मा भन्नुहुन्छ, त्यसैले फिल्ममा रुचि नहुने त कुरै भएन । मोडलिङ र फिल्मी अभिनय मेरो प्यासन हो । फिल्ममा जस्तोसुकै भूमिका पनि गर्न सक्छु भन्ने आत्मविश्वास रहेको निग्मा सुनाउनुहुन्छ ।

मोडलिङसँगै कलेजमा अध्ययनरत नग्मा केटाहरुले कति पछ्याउँछन् त भन्ने प्रश्नमा भन्नुहुन्छ, हे‘, ‘राम्री केटीहरुलाई पछ्याउँने र जिस्काउने त केटाहरुको जातै हो नि । मलाई पनि फलो गर्छन् । तर, म वास्तै गर्दिनँ । केटाहरीले त्यही त हो, मन पराउँछु, माया गर्छु भन्छन् नि । तर, मेरो यो समय लभ गर्ने होइन । म करिअर निर्माणको दौडमा छु । त्यसैले मलाई यस्ता कुराले छुदैन ।’

January 26, 2019मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *