जनता टाइम्स

२१ माघ २०७७, बुधबार १०:१७

जसपा नेता डा.यादवले यसकारण रोजे ओली नेतृत्वको नेकपा


काठमाडौं, माघ २१ । जनता समाजवादी पार्टीका नेता तथा पूर्वसांसद शिवजी यादव प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गर्नुभएको छ ।

यादवलाई प्रधानमन्त्री ओलीले मंगलबार पार्टीमा स्वागत गर्नुभएको हो । जनतामा जाने ओलीको निर्णयलाई समर्थन गर्दै आफू उहाँसँग गएको यादवले बताउनुभयो । मुलुकलाई अस्थिरतामा धकेल्ने खेल भइरहेको छ। जनतामा जाने निर्णयलाई समर्थन गर्दै म नेकपामा आवद्ध भएको हो।मलाई पार्टीले जुन जिम्मावारी दिन्छ, त्यसमै रहेर काम गर्छु।

म पहिला पनि एमालेमै थिएँ,’ यादवले भन्नुभयो । महोत्तरीका यादव दोश्रो संविधान सभामा तत्कालीन समाजवादी फोरमका सांसद रहनुभएको थियो । २०६३ को मधेस आन्दोलनपछि उहाँ मधेसी जन अधिकार फोरममा आवद्ध हुनुभएको थियो । एमालेमा रहँदा उहाँ वुद्धिजिवी र प्रवास कमिटीमा रहनुभएको थियो ।