जनता टाइम्स

२१ माघ २०७७, बुधबार १३:५१

२३ गते हुने शक्ति प्रदर्शनको तयारी स्वरूप महेश बस्नेतको नेतृत्वमा इतिहासकै सबैभन्दा ठुलो मोटरसाइकल र्‍याली (तस्विरसहित)


काठमाडौं, माघ २१

युवा नेता महेश बस्नेतको नेतृत्वमा आज राजधानीमा मोटरसाइकल र्याली सुरु भएको छ । राजधानीको भक्तपुरबाट सुरु भएको र्याली काठमाडौं, ललितपुर हुँदै काठमाडौं तिनकुनेमा समापन हुनेछ । युवा नेता बस्नेतले गरेको मोटरसाइकल र्‍यालीमा १० हजारबढी मोटरसाइकलसहित युवाहरुले सहभागिता जनाएका छन ।

प्रधानमन्त्री ओली पक्षीय नेकपाको वागमती प्रदेश कमिटीको आयोजनामा माघ २३ गते हुने शक्ति प्रदर्शनको तयारी स्वरूप नेता बस्नेतको नेतृत्वमा युवा संघ र अनेरास्ववियूले आज संयुक्त रूपमा मोटरसाइकल र्‍याली गरेको हो ।

मध्यान्ह् १२ बजे बालकुमारीबाट शुरु भएको र्‍याली सातदोबाटो–लगनखेल–जावलाखेल–पुल्चोक–थापाथली–त्रिपुरेश्वर–एनएसी–जमलचोक–दरबारमार्ग–नारायणहिटी–जयनेपाल हल–कमलपोखरी–रातो पुल–गौशाला–एयरपोर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत गर्ने युवा नेता बस्नेतले बताउनुभयो ।