काठमाडौं, माघ २१
सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा पूर्वप्रधानमन्त्री तथा विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लिखित जवाफसहित आफैं भौतिक रुपमा उपस्थित हुन आदेश दिएको छ ।
न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक एक साताभित्र अदालतमा आफैं उपस्थित हुन आदेश दिएको हो । प्रचण्डविरुद्ध अधिवक्ता समिर हायुले न्यायाधीशलाई धम्की दिएर अवहेलना गरेको भन्दै रिट दायर गर्नुभएको थियो ।
यसअघि मनोश शर्माकै इजलासले प्रधानमन्त्री केपी शर्मा ओली सहित चार पूर्वप्रधानन्यायाधीश र पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध परेको अवहेलना मुद्दामा पनि सोही प्रकृतिको आदेश जारी गरेको थियो ।













प्रतिक्रिया दिनुहोस्